‘सिमली छायाँमा बसी…’



गण्डकी ।

         ‘चाहिँदैन मलाई सुनको दरबार
चाहिँदैन मलाई हिरामोती हार
यसै राम्रो छ मेरो पैदल यात्रा
चाहिँदैन मलाई टल्कने कार…’

जनगायक जीवन शर्माले यो गीत गाउँदा दर्शकदीर्घाबाट एकनासले तालीको गड्गडाहट सुनिन्थ्यो । कसैले शर्माको स्वरमा स्वर मिलाए, कतिले नाचेर साथ दिए । बुधबार सन्ध्यापख जनगायक शर्मालाई रक्तिम सांस्कृतिक अभियानले पोखरा सभागृहको मञ्चमा उभ्याएपछिको माहोल यस्तै थियो । उनले ‘चाहिँदैन मलाई सिसाको महल…’, ‘सिमली छायाँमा बसी…’ लगायत आफ्ना चर्चित सनाए ।

वर्षौँपछि घर फर्केको प्रवासीको मनोभावना समेटिएको ‘म हिँडेको गाउँको बाटो मुस्कुरायो…’बाट गाउन सुरु गरेका शर्माले पूरा अवधि दर्शकको मन जितिरहे । गायन प्रस्तुति सँगसँगै उनले गीतको रचनागर्भ, तत्कालीन समाज र परिवेशबारे पनि प्रसङ्ग उप्काउन भ्याए । शर्माले गणतन्त्र स्थापनापछि पनि भ्रष्टचारले मुलुकलाई गाँजिरहेपछि ‘चाहिँदैन मलाई सुनको दरबार…’ गीत जन्मिएको सुनाए ।

“भ्रष्टचार गरेर ठुल्ठुला दरबारमा बस्ने, चिल्ला कार चढ्ने र कालो धन थुपार्नेको मनमा चिसो पस्छ कि भनेर यो गीत गाएको हुँ तर सोचेजस्तो हुन सकेको छैन, अहिले पनि अवस्था उस्तै छ”, शर्माले भने । उनले श्रम र पसिना बगाएर सम्पत्ति आर्जन गर्नेहरूका प्रति भने आफूले सधैं सम्मान गर्ने बताए । “राम्रो घर, गाडी त श्रमिक र मजुदुरले पनि पाउनुपर्छ, मालिकले मात्र होइन, तिनै गरिब, सर्वहाराको सुदिन पक्कै आउँछ भन्दै हामीले गीत गाउँदै हिँडेका छौँ”, उनले भने ।

उनले सुशासन र सामाजिक न्यायसहितको समतामूलक समाज निर्माणका लागि सांस्कृतिक फाँटबाट आफूहरूले सँधै राज्यलाई घच्घच्याइरहेको बताए । शर्माले नेपालको जनसांस्कृतिक आन्दोलनलाई नयाँ ढङ्गले पुर्नजागृत गर्नुपर्ने बेला आएको धारणा राखे । उनले आफ्नो बहुचर्चित गीत ‘सिमली छायाँमा बसी…’ गाउँदा कार्यक्रममा सहभागी राजनीतिक दलका नेता, जनप्रतिनिधिलगायत मञ्चमै उक्लेर नाचेका थिए ।

उक्त विविध जनसांस्कृतिक कार्यक्रममा रक्तिम र सामना परिवारका कलाकारले गीत, नृत्य र अभिनयका माध्यमबाट समाजका विसङ्गति माथि खबरदारी गरेका थिए । न्याय, मुक्ति र समानताका पक्षमा कलाकारहरूले स्वर भरे । सर्वहारा वर्गका दुःख, वेदना र सङ्घर्षका कथालाई गीतमा प्रस्तुत गरे । दर्जनबढी कलाकारले कार्यक्रममा सामूहिक र बेग्लाबेग्लै प्रस्तुति दिएका थिए ।

कार्यक्रममा थारु समुदायमा प्रचलित गीतसहित टप्पा नाच र अपेरा पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा गायक दलबहादुर विकले ‘पाखुरी यिनै हुन्…’, गायिका सुशीला थापा र उदय रिजालले ‘पूर्व क्षितिज…’लगायत गीत सुनाएका थिए ।

व्यवस्था फेर्न जनताले बलिदानीपूर्ण सङ्घर्ष गरे पनि अवस्था उस्तै रहेकाले परिवर्तनका गीत गाउँदै हिँड्नुपरिरहेको र समाजमा अहिले पनि विभेद तथा शोषण कायमै रहेकाले गीतसङ्गीतमार्फत खबरदारी गरिहरनुपरको कलाकारहरूको कथन थियो ।

देशमा देखिएका बेथिति, विसङ्गति, भ्रष्टाचार र महँगीका विरुद्ध सांस्कृतिक सचेतना नथा जनजागरणका लागि सांस्कृतिक अभियान सञ्चालन गरिएको रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष नारायण शर्माले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
किरण र प्रतिमाको ‘बाँचुन्जेल’

काठामाडौं । गायक किरण भुजेल र गायिका प्रतिमा केसीको ‘बाँचुन्जेल’ बोलको गीतको भिडियो

फिल्मका मुख्य अंश सामाजिक सञ्जालमा नराख्न बोर्डको चेतावनी

काठमाडौं । चलचित्र विकास बोर्डले नेपाली चलचित्र तथा चलचित्रका मुख्य अंशहरूको भिडियो सामाजिक

पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण

  काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘म पानी हुँ’ गीतको लोकार्पण गरेकी छन्

यस्ताे छ ‘फिरफिरे फिरिरी’ को टाइटल गीत

काठमाडौँ । फिल्म ‘फिरफिरे फिरिरी’ को टाइटल गीत सार्वजनिक गरिएको छ । घटस्थापनाको