‘कौसी क्वीन’ को उपाधि अन्जना जोशीलाई



काठमाडौँ । कौसीखेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौँमा कौसी क्वीन–२०८१ सम्पन्न भएको छ । चौथो संस्करणको कौसी क्वीनको उपाधि अन्जना जोशीले पाएकी छन् । सोमबार बानेश्वरस्थित होटल अर्यालमा भएको कार्यक्रममा उनलाई कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले विजेताको ताज पहिर्याइदिएकी थिइन् ।

यस वर्षको कोसी क्वीनको ’फस्ट रनर अप’ गङ्गादेवी तिमल्सिना, ’सेकेन्ड रनर अप’ कमला घिमिरे र ’थर्ड रनर अप’ कमलमाया श्रेष्ठ भए । उनहरूलाई मन्त्री साहलगायत सचिव राजेन्द्र मिश्र, तरकारी बाली विकास केन्द्रका प्रमुख दिनेशप्रसाद सापकोटा, कृषि ज्ञान केन्द्र ललितपुरका प्रमुख तेजप्रसाद दवाडीलगायतले संयुक्त रूपमा पुरस्कार प्रदान गरेका थिए ।

प्रज्ञान क्रिएसन प्रालिद्वारा सञ्चालित कृषिसम्बन्धी अनलाइन हलोखबर डटकमले प्रत्येक वर्ष कौसी क्वीन प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगितामा देशभरबाट २५ जना भन्दाबढीको सहभागिता रहेको थियो ।

बढ्दो सहरीकरणसँगै सहरका कौसीमा पनि तरकारी तथा फलफूल खेती प्रवर्द्धन गर्ने र कौसीखेती गरिरहेकाहरूलाई थप प्रोत्साहित गर्न कार्यक्रम गर्दै आएको प्रज्ञान क्रिएसनका अध्यक्ष मनोज श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मौलिक घाँसे भाका ‘असार १५’ लिएर आए राजेश ढकाल

  काठमाडौँ । गायक राजेश ढकालको मौलिक घाँसे भाकामा सार्वजनिक भएको ‘असार १५’

‘मायाको घर’ लिएर आए रामकृष्ण ढकाल

काठमाडौं । गोविन्द कँडेल ‘आँशु’को शब्द र रामकृष्ण ढकालको आवाज रहेको गीत ‘मायाको

‘तै चुप मै चुप’ बनाउँदै घनश्याम

काठमाडौँ । फिल्म ‘तै चुप मै चुप’ निर्माणको घोषणा गरिएको छ। घनश्याम लामिछानेको

‘सुस्तरी’ लिएर आए करण परियार

काठमाडौं । नेपाल आइडल सिजन ५ का विजेता करण परियारको पहिलो गीत सार्वजनिक