पप सम्राट ओमविक्रम विष्टले ४० वर्षअघि लेखेर गीतको भिडियो सार्वजनिक



 

काठमाडौँ ।  नेपाली सङ्गीतमा पप सम्राटका नामले परिचित कलाकार ओमविक्रम विष्टले ४० वर्षअघि लेखेर सङ्गीत भरेको गीत आइतबार सार्वजनिक गरिएको छ ।

साथी शशी गुरुङका लागि ४० वर्षअघि लेखेर सङ्गीत भरेको गीत गुरुङकै स्वरमा रेकर्ड गरिएको हो । चर्चित पप गायक विष्टले गीत लेखन र सङ्गीत थोरै मात्र गरेका छन् । विष्टका अनुसार तीन महिनाअघि अमेरिकाको जर्जियामा उनले उक्त गीत लेखन तथा कम्पोज सम्पन्न गरेका थिए । मिर्गाैला रोगबाट पीडित भएपछि गायक विष्टको अमेरिकामै मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।

वरिष्ठ पप गायक विष्टको उपस्थितिमा गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । म्युजिक भिडियोलाई विजयराज भूर्तेलले निर्देशन गरेका हुन् । सोही कार्यक्रममा गायक शशी गुरुङको स्वरमा रहेको अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा भूषण खरेलको शब्द र जेम्स प्रधानको सङ्गीत रहेको छ ।  म्युजिक भिडियो जेम्स प्रधानले निर्देशन गरेका छन् ।

६७ वर्षीय गायक शशी गुरुङ ४७ वर्षदेखि सङ्गीत क्षेत्रमा संलग्न छन् । उनले करिब एक सय गीत रेकर्ड गरिसकेका छन् । आफ्नो कार्य व्यस्तताका कारण उनी लामो समय सङ्गीत क्षेत्रमा क्रियाशील हुन सकेनन् । सशस्त्र प्रहरीमा प्रहरी नायब उपरीक्षक पदबाट अवकाशपछि केही वर्ष विदेशमा बसेका उनी पुनःसङ्गीत क्षेत्रमा सक्रिय भएका हुन् ।

वरिष्ठ गीतकार दिनेश अधिकारी, श्री पुरुष ढकाल र सङ्गीतकार राजु सिंहले ६७ वर्षको उमेरमा पनि गायक शशी गुरुङको सङ्गीतप्रतिको समर्पण अनुकरणीय रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मौलिक घाँसे भाका ‘असार १५’ लिएर आए राजेश ढकाल

  काठमाडौँ । गायक राजेश ढकालको मौलिक घाँसे भाकामा सार्वजनिक भएको ‘असार १५’

‘मायाको घर’ लिएर आए रामकृष्ण ढकाल

काठमाडौं । गोविन्द कँडेल ‘आँशु’को शब्द र रामकृष्ण ढकालको आवाज रहेको गीत ‘मायाको

‘तै चुप मै चुप’ बनाउँदै घनश्याम

काठमाडौँ । फिल्म ‘तै चुप मै चुप’ निर्माणको घोषणा गरिएको छ। घनश्याम लामिछानेको

‘सुस्तरी’ लिएर आए करण परियार

काठमाडौं । नेपाल आइडल सिजन ५ का विजेता करण परियारको पहिलो गीत सार्वजनिक