फलेंसा रघुवंशीलाई यसवर्षको ‘सव–टाइटल ट्यालेन्ट ड्रेसेज फोटोजेनिक पुरस्कार’



 

काठमाडौँ  । यसवर्षको ‘सव–टाइटल ट्यालेन्ट ड्रेसेज फोटोजेनिक पुरस्कार’ फलेंसा रघुवंशीलाई प्रदान गरिएको छ । बालबालिकाको प्रतिभा प्रदर्शन गर्ने उद्देश्यले आयोजना गरिएको मिस्टर एण्ड मिसेस जुनियर र सिनियर आइडल–२०२४ मा उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

स्पार्क इन्टरटेन्टमेन्टले आयोजना गरेको उक्त प्रतियोगितामा ३१ जना बालबालिकाको सहभागिता थियो । बाह्र वर्षे फलेंसा रघुवंशीले ट्यालेन्ट राउन्डमा भरतनाट्य नृत्य अन्तर्गत पुष्पांजलि र महिषासुर मर्दिनीको उत्कृष्ट प्रस्तुती गरेकाले पुरस्कृत गरिएको हो ।

फलेंसाले क्लासिक कल्चर सेन्टरमा विगत पाँच वर्षेदेखि  स्वजन रघुवंशी र प्रमिला श्रेष्ठसँग भरत नाट्यमा लोक तथा चर्या नृत्य सिकेकी थिइन् ।  कक्षा ८ मा अध्यनरत फलेंसाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न मञ्चमा  समेत नृत्य प्रस्तुत गर्दै आएकी छन् ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘कौसी क्वीन’ को उपाधि अन्जना जोशीलाई

काठमाडौँ । कौसीखेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौँमा कौसी क्वीन–२०८१ सम्पन्न भएको छ ।

नृत्यकला प्रस्तुत गर्न ‘नव्य नाचघर’ सञ्चालन हुँदै 

  काठमाडौँ । नृत्यकला प्रस्तुत गर्ने उद्देश्यले सिनामङ्गलमा ‘नव्य नाचघर’ सञ्चालन हुने भएको

पप सम्राट ओमविक्रम विष्टले ४० वर्षअघि लेखेर गीतको भिडियो सार्वजनिक

  काठमाडौँ ।  नेपाली सङ्गीतमा पप सम्राटका नामले परिचित कलाकार ओमविक्रम विष्टले ४०

हिमाल सागरले २१ वर्षपछि नयाँ स्वरुपमा ल्याए ‘न मैले लेखेँ, न उनले लेखिन्’

  काठमाडौँ  । गायक हिमाल सगरले ‘न मैले लेखेँ, न उनले लेखिन’ गीतलाई