‘जिग्री’को टिजर सार्वजनिक



काठमाडौँ । फागुन ४ गतेदेखि प्रदर्शन हुने फिल्म ‘जिग्री’को टिजर सार्वजनिक भएको छ। शुक्रबार ओएसआर डिजिटल युट्युब च्यानलबाट टिजर सार्वजनिक गरिएको हो । कमेडी, क्राइम, एक्सन, ड्रामा जनरामा बनेको फिल्मका निर्देशक आकाश मगर हुन् ।

फिल्ममा कलाकार अभय बराल, आकाश मगर, सुशीलराज पाण्डे र पशुपति राईको मुख्य भूमिकामा छन्। अन्य कलाकार सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाल, नवीन लम्साल, केदार श्रेष्ठ, दिवाकर घिमिरे, सुशीला लक्ष्मी महर्जन, मनिश व्याञ्जु, स्नेहा रसाइली, अर्जुन पौडेल, शंकर भण्डारीलगायतको अभिनय छ । फिल्मका निर्माता कुमार श्रेष्ठ हुन् भने कार्यकारी निर्मातामा कुसुम थापा मगर छन्।

फिल्मको छायाँकन सुमित भट्ट र सोमित माझीले गरेका हुन् । सरुन मानन्धरको सम्पादन, सुवास पौडेल र भास्कर स्वाँरको संगीतमा बनेको फिल्ममा सुस्केरा आर्ट्सको प्रस्तुति तथा लोकल सिनेमाको सहकार्यमा निर्माण भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साइग्रेस पोखरेलको अडियो नोभेल ‘अधुरो प्रेम’मा आधारित फिल्म बन्ने

काठमाडौं । कथावाचक साइग्रेस पोखरेलको अडियो नोभेल ‘अधुरो प्रेम’मा आधारित रही फिल्म बन्ने

दुई सातामा चार चलचित्र प्रदर्शन हुँदै

  काठमाडौँ ।  शुक्रबार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिन्छ । यद्यपि शुक्रबार कुनै

‘फर्की फर्की’ मा ‘टाइम लुप’को प्रयोग

  काठमाडौँ ।  नेपालमा सामाजिक विधा (सोसल ड्रामा) मा धेरै चलचित्र बनिरहेका छन्

दीपक लिम्बु र वेनिषा पौडेलको ‘रिटिङ रिटिङमा’

काठमाडौं । प्रतिष्ठित गीतकार तथा नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर तथा हाल नेपाल