‘अदृश्य’ साउन १९ गतेबाट प्रदर्शनमा आउने



काठमाडौं । अभिनेता प्रमोद अग्रहरी, सोहित मानन्धर र रिस्ता बस्नेतको मुख्य भूमिका रहेको सिनेमा ‘अदृश्य’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । प्रल्हाद काफ्लेको निर्देशनमा निर्माण भएको सिनेमा आगामी साउन १९ गतेबाट प्रदर्शनमा आउने भएको हो ।

सिनेमाको सार्वजनिक पोस्टरमा अभिनेता प्रमोद अग्रहरीलाई लामो दाह्री, कपालमा हेल्मेट र हातमा पेस्तोलसहित भिन्न अवतारमा प्रस्तुत गरिएको छ । उनको लुक्सले दर्शकमाझ कौतुहल्ता पैदा गर्ने देखिन्छ, भने पोस्टरमा सोहित र रिस्ताले कुनै अकल्पनिय घटना देखेर अचम्मीत भएको भावमा देखिन्छन् ।

पिताम्बर फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमाको निर्मातामा मिना बस्नेत रहेकि छिन सह निर्मातामा सिएम भारद्वाज सुवेदी,रहेका छन् । प्रविन खतिवडा, छुल्ठिम गुरुङ, रवी गिरी, सिएम भारद्वाज सुवेदी, विकेश प्रजापती, गीत बिष्ट, सुरज बिष्ट, जसिता घिमिरे, सन्दीप बाबु लोहनी, रुपेश दाहाल, सलिन बज्राचार्य, अजित रेग्मी, रुपेश थापा, अभिमान सिंह बस्नेत र प्रतिक भुजेल लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

आकाश उखेडाको कथा, पटकथा तथा संवाद, उत्तम हुमागाईं र मोहन कुमार झिल्लुको छायांकन, विशाल पौडेलको संगीत, संगीतकार पौडेल र सिमा संग्रौलाको गायन, शिशिर खातीको कोरियोग्राफी, मुकेश शाहको पाश्र्व संगीत, निशान घिमिरेको कलर, बनिश शाहको सम्पादन रहेको सिनेमाका प्रोडक्सन म्यानेजर प्रकाश बुढाथोकी र दिलिप पन्त हुन् । विश्व खड्का प्रोडक्सन डिजाइनर रहेको छन् । सिनेमालाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कलेक्सन रिपोर्टमा निर्माण पक्षको असन्तुष्टि, मोफसलका २० हलबाट ‘पूर्णबहादुरको सारंगी’ उतार्ने

काठमाडौं । ‘पूर्णबहादुरको सारंगी’ फिल्मका निर्माताले प्रदर्शकले उपलब्ध गराएको कलेक्सन रिपोर्टमा असन्तुष्टि व्यक्त

‘परालको आगो’मा आधारित फिल्म बन्ने

काठमाडौं । कथाकार गुरुप्रसाद मैनालीद्वारा लिखित कथा ‘परालको आगो’मा आधारित चलचित्र बन्ने भएको

‘आधा मुटु’ मा प्रेम, विवाह र डिभोर्सको कथा

काठमाडौं । शान्तिश्री परियार र नेत्र भण्डारीको स्वरमा नयाँ गीत ‘आधा मुटु’ आएको

‘पूर्णबहादुरको सारङ्गी’ ले १४ दिनमा कमायो २७ करोड

काठमाडौँ । लक्ष्मीपूजालाई लक्षित गर्दै यही कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ नेपालमा