नयाँ वर्षमा चार फिल्म



काठमाडौं । नेपाली फिल्म प्रदर्शनका लागि नयाँ वर्षको मिति राम्रो मानिन्छ । यो समयमा प्रदर्शन भएका फिल्मले राम्रो व्यापार गरेका छन् ।

यही कारण यो मितिमा प्रदर्शनको सङ्ख्या धेरै हुने गर्छ । आउँदो नयाँ वर्षमा पनि चार फिल्मले प्रदर्शनको मिति तय गरेका छन् । ‘नाइँ नभन्नु ल ६’, ‘प्रसाद २’, ‘जारी’ र ‘बिहे पास’ ले प्रदर्शनको मिति घोषणा गर्दा नेपाली बजारले धान्ने या नधान्ने बहस सुरू भएको छ ।

वितरक करण श्रेष्ठ नयाँ वर्ष नेपाली फिल्मका लागि शुभ भए पनि भीडभाडले राम्रो सङ्केत गरेको छैन । “एकआपसमा भिड्नु राम्रो होइन । सरोकारवाला संस्थाले यहाँ भूमिका खेल्नु आवश्यक छ”, वितरक श्रेष्ठले भने, “दर्शकको आकर्षणमा परे अन्य समयमा पनि ऐतिहासिक व्यापार फिल्मले गरेका छन् । उदाहरणका रूपमा कबड्डी ३ र ४ लाई लिन सकिन्छ ।”

वितरक श्रेष्ठले भने झैँ कबड्डी को तेस्रो शृङ्खला सोह्र श्राद्धमा र चौथो शृङ्खला जेठमा प्रदर्शन भएका थिए । विगत केही वर्ष अगाडि फर्किने हो भने तीज, दसैँ, तिहारसमेतमा राम्रो व्यवसाय गरेको पाइन्छ ।

“अन्य समय फिल्म नचलेको भएकाले पनि निर्माता निर्देशकले नयाँ वर्षमा फिल्म थुपारेका हुन्”, फिल्म निर्माता, प्रदर्शक छविराज ओझाले भने । नयाँ वर्षमा दर्शक मनोरञ्जन खोज्दै हलसम्म पुग्छन् भन्ने विश्वास निर्माता, निर्देशकमा देखिन्छ ।

वितरक तथा प्रदर्शक गोपाल कायस्थ प्रदर्शनको मितिभन्दा पनि कन्टेन्टमा ध्यान दिन निर्माता तथा निर्देशकलाई सल्लाह दिन्छन् । “दर्शक हलसम्म आउने मिति मात्र नभई हलसम्म तान्ने फिल्म बनाउन सक्नुपर्छ”, वितरक कायस्थले भने ।

नयाँ वर्षमा प्रदर्शन तय भएको फिल्म ‘बिहे पास’ का निर्मातासँगै वितरकसमेत रहेका रोहित कट्टेलले खाली मितिमा प्रदर्शन घोषणा गरिएको बताए । “मैले कसैसँग भिडन्त गरेको होइन । खाली मितिमा अहिले चार फिल्म घोषणा भइसकेको छ । यसले राम्रो नतिजा दिँदैन”, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानद्वारा नौ जना सम्मानित

  मकवानपुर । भीम विराग सङगीत साहित्य कला प्रतिष्ठानले नौ जनालाई सम्मान गरेको

हेमन्त कान्छाको ‘जाउँ साइँली बेनी बजार’मा

काठमाडौँ । स्वर्गीय लोकगायक पदम विष्ट र गायिका लोचन भट्टाराईको स्वर रहेको गीत

फिल्म ‘फर्की फर्की’ को नयाँ गीत(भिडियोसहित)

काठमाडौं । फिल्म ‘फर्की फर्की’ को नयाँ गीत ‘अन्तिम माया’ सार्वजनिक गरिएको छ

श्रमिकको कथामा आधारित चलचित्र ‘लेबर’ निर्माण हुने

काठमाडौँ । एकसय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर चलचित्र ‘लेबर’ बन्ने