‘ह्यारी की प्यारी’ को ट्रेलर सार्वजनिक



काठमाडौं । माघ २० गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘ह्यारी की प्यारी’ ट्रेलर सार्वजनिक गरिएको छ । डा.भोला रिजालको प्रस्तुतिमा तयार भएको फिल्मको २ मिनेट ३७ सेकेण्ड लामो ट्रेलर रहेको छ । डा.कपिल रिजालको डेब्यू निर्देशन रहेको फिल्ममा हास्य अभिनेता जीतु नेपाल हरी अर्थात् ह्यारीको चरित्रमा प्रस्तुत भएका छन् ।

उनलाई फिल्मको मुख्य अभिनेता बनाइएको छ, जो गाउँमा रमाइरहेका छन् । उनकी प्यारीको भूमिकामा साम्राज्ञी राज्य लक्ष्मी शाह रहेकी छिन् । कमेडी जनरामा निर्माण भएको सामाजिक तथा पारिवारिक फिल्मले दर्शकलाई मनोरञ्जन दिने कुरा ट्रेलरबाटै प्रष्टिएको छ ।

बिआर प्रोडक्सनकको प्रस्तुतिमा निर्माण भएको यो फिल्ममा जीतु, साम्राज्ञी, विजय तथा लक्ष्मीसहित सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय रहेको छ ।

यो फिल्ममा अभिनेत्री रेखा थापा विशेष भूमिकामा प्रस्तुत छिन् । यो फिल्मको पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डा. रिजाल, अभिमन्यू निरवीले लेखेका हुन् ।

यो फिल्ममा डा. भोला रिजालको गीत रचना, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन र कविराज गहतराजको कोरियाग्राफी रहेको छ । सुदीप बरालको छायाँकन गरेको यो फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नुरगङ्गा प्रतिभा पुरस्कार राजु परियारलाई

काठमाडौँ । नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले एक लाख राशिको नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार

गायनतर्फ शिव परियारलाई छिन्नलता पुरस्कार

  काठमाडौँ ।   छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत

‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा

फिल्म ‘एक्टर’को शुभमुहुर्त

काठमाडौं । फिल्म ‘एक्टर’को शुभमुहुर्त गरिएको छ । मंगलबार ललितपुरको भैँसेपाटीस्थित कार्यविनायक मन्दिरमा