‘हरेक फिल्ममा उस्तै सङ्घर्ष हुन्छ’



काठमाडौं । अभिनेता आर्यन सिग्देल सफलताको पर्खाइमा छन् । पछिल्लो फिल्ममार्फत सफलता पाउन नसकेका अभिनेता सिग्देल पुस १५ गतेदेखि प्रदर्शनमा आउने ‘डिसेम्बर फल्स’ बाट आशावादी छन् ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अभिनेता सिग्देलले सफलता र निरन्तरताको बारेमा प्रस्ट्याए । “म कतै हराएको छैन । फिल्ममा अभिनय गरिरहेको छु । मेरो लागि हरेक फिल्म नयाँ हुन्छ”, अभिनेता सिग्देलले भने, “हरेक फिल्ममा उही सङ्घर्ष र मेहनत हुन्छ । यद्यपि पछिल्लो समय आशावादी भएको फिल्म भने यही हो । दर्शकले खोजे झैँ यसमा हाँसो, रोदन, प्रेम र द्वन्द्वको मिश्रण छ ।”

अभिनेता सिग्देलले डेढदशक लामो फिल्मी यात्रामा ४० वटामा अभिनय गरेका छन् । ‘क्लिन हिट’ को खोजीमा रहेका अभिनेता सिग्देल यसपटक प्राविधिक पक्षमा सक्रिय छन् । “मैले सहयोगी भाव डेब्यु फिल्म ‘किस्मत’ देखि नै देखाउने गरेको छु । म फिल्म खेलेर आफ्नो काम मात्र पूरा गर्दिन । राम्रो बनाउन सकेको मेहनत गर्छु”, उनले भने ।

फिल्ममा आर्यनसँगै उपासना सिंह ठकुरी, नरेश भट्टराई, सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणालगायत कलाकारको अभिनय रहेको छ । रामप्रसाद रिजाल निर्माता रहेको ‘डिसेम्बर फल्स’ रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो ।

यसमा कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले छन् । निर्माणमा रिजाललाई राजकुमार भट्टले साथ दिएका छन् ।

यसमा विपीका खनालको कथा, केदार भुसाल र प्रतीक पौडेलको पटकथा तथा संवाद, बनिष शाहको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, कविराज गहतराज, रामजी लामिछाने, शिशिर खाती र प्रवीण सिंहको कोरियोग्राफी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
समीक्षा र दुर्गेशको ‘दुस्मन हेरेको हेर्‍यै

काठमाडौं । गायक तथा मोडल दुर्गेश थापाले नयाँ गीत ‘दुस्मन हेरेको हेर्‍यै ’

आनी छोइङको ‘जिन्दगीको पाठशाला’मा मिथिला शिक्षिका बनेपछि…

काठमाडौं । आनी छोइङ डोल्माको स्वरमा रहेको गीत ‘जिन्दगीको पाठशाला’ सार्वजनिक भएको छ

तमु ल्होसारको अवसरमा चलचित्र ‘कुस्ती’ घोषणा

काठमाडौँ । तमु ल्होसारको अवसरमा कलाकार बुद्धि तामाङले चलचित्र ‘कुस्ती’ निर्माण गर्ने घोषणा

स्याङ्जाका चन्द्र गुरूङलाई गुरूङ पोसाक फोटो प्रतियोगिताको उपाधि

मलेखु (धादिङ)  । नेपालका गुरूङ समुदायको राष्ट्रिय पोसाक फोटो प्रतियोगिता ‘गुरूङ ड्रेस फोटो