‘उडी जाने जहाज’ लिएर आए विष्णु खत्री



गण्डकी । लोकगायक विष्णु खत्रीको नयाँ गीत ‘उडी जाने जहाज’ सार्वजनिक भएको छ । उहाँको आफ्नै युट्युब च्यानलबाट मङ्गलबार उक्त गीत सार्वजनिक गरिएको हो ।

परदेशिएका नेपाली र तिनका आश्रित परिवारको कथामा आधारित गीतमा बालगायक सुप्रिम मल्ल ठकुरी र खत्री स्वयंले स्वर दिएका छन् । रचना र सङ्गीत पनि गायक खत्रीकै छ । गीतको म्युजिक भिडियोमा कलाकार स्मारिका ढकाल, सरिन केसीसँगै गायक खत्रीको समेत अभिनय देख्न सकिन्छ ।

भिडियोको निर्देशन पनि उनी आफैंले गरेका हुन् । प्रस्तुत गीतले सामाजिक यथार्थ चित्रण गरेको गायक खत्रीले बताए । प्रदेशमा रहेका बुवा दशैँमा घर आउने आशमा रहेका छोराको मनोभाव गीतमा मुखारित छ ।

मार्मिक सिर्जना र ग्रामीण परिवेश झल्काउने प्रस्तुतिका कारण गीत राम्रो बनेको स्रोता–दर्शकले प्रतिक्रिया दिएका छन् । युट्युबमा सार्वजनिक भएको केही घण्टामै गीतले पाँच हजार बढी ‘भ्युज’ बटुलिसकेको छ ।

लोकगायक खत्रीका यसअघि ‘सुनको जलप’, ‘रिनै रिनको’, ‘दशैँ–तिहारसँगै मनाउँला’, ‘दशैँमा आउ प्यारा’लगायत दशैँ गीत सार्वजनिक भैसकेका छन् ।

दुई दशकदेखि सङ्गीतमा सक्रिय उनले दशैँ, तिहार, तीजजस्ता पर्वका मौकामा मौलिक गीत सार्वजनिक गर्दै आएका छन् । जनजीवनका भोगाइलाई जीवन्त ढङ्गले प्रस्तुत गर्न पोख्त सर्जक–गायक खत्रीका ‘भरिया दाइ’, ‘कि लास चाहियो, कि सास चाहियो’ लगायत गीत चर्चित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुनिता र लक्ष्मणको ‘बिहे गरियो’

काठमाडौं । गायिका सुनिता बुढाक्षेत्री र इन्जिनियर लक्ष्मण न्यौपानेले नयाँ गीत ‘बिहे गरियो’

दसैँदेखि प्रदर्शनमा आएका नेपाली चलचित्रलाई दर्शकको राम्रो साथ

काठमाडौं । गत दसैँदेखि प्रदर्शनमा आएका नेपाली चलचित्रले दर्शकको राम्रो साथ पाएका छन्

नेपाल फिल्म सोसाइटीको अध्यक्षमा कृष्ण मल्ल निर्वाचित

काठमाडौँ। अभिनेता कृष्ण मल्ल नेपाल फिल्म सोसाइटीको केन्द्रीय अध्यक्षमा पुनः निर्बिरोध निर्वाचित भएका

आफूले माया गरेको व्यक्तिको अर्कैसँग बिहे भएपछि….

काठमाडौं । गायक महेश काफ्लेले नयाँ गीत ‘धन्यवाद मायालु’ ल्याएका छन् । गीतमा