यस्तो छ ‘प्रकाश’को अफिसियल ट्रेलर



काठमाडौं । प्रदीप खड्का स्टार फिल्म ‘प्रकाश’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण टिमले मंगलबार राजधानीमा एक कार्यक्रम गरी २ मिनेट १४ सेकेण्डको ट्रेलर सार्वजनिक गरेको हो ।

‘प्रसाद’ फेम्ड निर्देशक दिनेश राउतको निर्देशन रहेको फिल्ममा प्रदीप, दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रेणु योगी, अमजद प्रवेज, देव कुमार श्रेष्ठ, हुम बिसी लगायतको अभिनय छ । एक विपन्न परिवारको शिक्षित युवकले सरकारी शिक्षक बनेर आफ्नो बुबाको चाहना र आफ्नो सपना पूरा गर्न गर्ने संघर्षको कथा फिल्मले पेश गर्छ ।

जुम्लामा खिचिएको फिल्ममा त्यहाँको भाषा, भेषभूषालाई चित्रण गरिएको छ । सार्वजनिक ट्रेलरलाई मर्मस्पर्शी बनाईएको छ । ट्रेलर डिएआर मुभिजको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । विकास सुवेदीको लेखन रहेको फिल्मको निर्माता महेन्द्र अधिकारी हुन् ।

आगामी भदौ १० गतेदेखि नेपालसँगै आधा दर्शन बढी देशमा फिल्म एकसाथ प्रदर्शनको तयारीमा छ । पोष्टर, टिजर र गीतबाट फिल्मले प्रशंसा बटुलिसकेको छ । यसअघि लभस्टोरी फिल्ममा मात्र देखिँदै आएका प्रदीपले यस फिल्ममा निर्वाह गरेको फरक भूमिकालाई चासोका रुपमा हेरिएको छ ।

विनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको फिल्मलाई राजेश श्रेष्ठले छायाँकन र जीवन थापाले सम्पादन गरेका हुन् । फिल्ममा तारा प्रकाश लिम्बु, एलिस कार्की, दीपक शर्मा र सुवास भुषालको संगीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यश कुमारको नयाँ गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका

संविधान दिवसका अवसरमा दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना

‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार

हेमन्त शर्माले ल्याए दसैं गीत

काठमाडौं । गायक हेमन्त शर्माले दसैं गीत ‘आउँथ्यो दसैं’ ल्याएका छन् । गीतमा