‘बाबरी’को शीर्ष गीत र पोस्टर सार्वजनिक



काठमाडौं । नेपाली फिल्म ‘बाबरी’को शीर्ष गीत र फिल्मको पोस्टर सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी फिल्मको ‘बाबरी रङ्ग’ बोलको शीर्ष गीत र पोस्टर सार्वजनिक गरिएको हो ।

गीतमा नायिका अदिती बुढाथोकी र नायक धिरज मगर फिचर्ड छन् । अस्मिता अधिकारी र अनमोल गुरुङको स्वर रहेको गीतको शब्द तथा संगीत पनि गायक गुरुङकै रहेको छ । गीत सञ्जिव बराईलीले एरेन्ज गरेका हुन् । कार्यक्रममा अग्रज अभिनेता भुवन केसीले फिल्मले सफलता हात पार्ने बताए । त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा अदिती र धिरजसँगै धिरज नाडकरको पनि मुख्य अभिनय रहनेछ ।

फिल्ममा बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला गुरुङ, दिलिप गुरुङ लगायतका कलाकारको अभिनय छ । फिल्मको निर्माता गणेश बुढाथोकी पुष्पालता बुढाथोकी हुन् भने सुष्मा गुरुङ सहनिर्माता हुन् । फिल्म काठमाडौं, झापा, मोरङ र उत्तरी सिक्किमका विभिन्न रमणीय स्थानमा छायाँकन गरिएको छ । फिल्म बाबरी भदौ ३१ गतेदेखि हलहरुमा प्रदर्शन हुनेछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यश कुमारको नयाँ गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका

संविधान दिवसका अवसरमा दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना

‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार

हेमन्त शर्माले ल्याए दसैं गीत

काठमाडौं । गायक हेमन्त शर्माले दसैं गीत ‘आउँथ्यो दसैं’ ल्याएका छन् । गीतमा