लण्डनमा नेपाली फिल्म फेस्टिभल हुने



काठमाडौं । कोरोना भाइरसको महामारीका कारण विदेशी भूमिकामा हुन नसकेको नेपाली फिल्म सम्बन्धि गतिविधि बढ्ने संकेत देखिएको छ । थर्ड आईको आयोजनामा बेलायतको राजधानी लन्डनमा ५ दिने ‘नेपाली फिल्म फेस्टिभल इन लन्डन २०२२ ’ आयोजना हुने भएको छ । शनिबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा महोत्सवको नेपाल व्यवस्थापनको जिम्मा लिएको संगीक्षा फिल्मस् इन्टरटेनमेन्ट प्राइभेट लिमिटेडका अध्यक्ष मनोज केसीले ५ दिनसम्म १० वटा फिल्म प्रदर्शन गरिने जानकारी दिए ।

’हामीले नेपाली परिवेशको , नेपाललाई चिनाउने फिल्मलाई लन्डनमा देखाउने छौँ । यसले नेपाली फिल्मको बजार विस्तारमा त टेवा पुर्याउछ नै नेपाली कला , संस्कृतिलाई समेत प्रवद्र्धन गर्छ’ अध्यक्ष केसीले भने,’हामीले कोरोनाको महामारी पश्चात नेपाली फिल्मलाई लिएर विदेशी भूमिमा कार्यक्रम गर्न लागेका हौँ । उनले नेपाली फिल्म के –कस्ता बनिरहेका छन् भन्ने बारेमा प्रवासी दर्शकलाई थाहा दिन र नयाँ – नयाँ स्वाद बोकेका नेपाली फिल्मलाई देखाउन कार्यक्रमको आयोजना गरेकोमा जोड दिए ।

’हामी कहाँ के कस्ता फिल्महरु बनिरहेका छन् । त्यो प्रवासी नेपाली दर्शकले थाहा पाउनु जरुरी छ । त्यसैले हामीले सेलेक्ट गरेर केही फिल्म मात्र देखाउने छौँ’ उनले भने । अध्यक्ष केसीका अनुसार, महोत्सवको अन्तिम दिन फिल्मकर्मीहरूलाई सम्मानित समेत गरिनेछ । थर्ड आईका प्रमुख विकास देवकोटाको सक्रियतामा आयोजना हुन लागेको महोत्सवमा नेपालबाट करिब ४० जनाको हाराहारीमा फिल्मकर्मी, पत्रकार, विज्ञापनदाता तथा विभिन्न क्षेत्रका व्यक्तित्व सहभागी हुनेछन् ।

महोत्सव सेप्टेम्बरमा हुने आयोजकले जानकारी दिएको छ । यसका लागि तयारी सुरु भइसकेको बताइएको छ । आयोजकले अब महोत्सवमा प्रदर्शन गरिने फिल्महरुको छनोट प्रक्रिया सुरु गरिएको बताएको छ । युट्युबमा नआएका, विभिन्न टेलिभिजन च्यानलबाट प्रसारण नभएका तर हलमा मात्र रिलिज भएका फिल्महरु मध्येबाट १० वटा फिल्मलाई महोत्सवमा सहभागी गराइनेछ । थर्ड आईका नेपाल च्याप्टर प्रतिनिधि हरि सिलवालले फेस्टिभललाई सभ्य र भव्य बनाउने गरी तयारी भइरहेको जानकारी गराएका थिए ।

‘विदेशमा हुने नेपाली कार्यक्रम अपेक्षानुरुप हुने नगरेको इतिहास छ । हामी यो कार्यक्रममा त्यो इतिहास बदल्ने प्रयास गर्छौँ,’ उनले थपे, ‘यसै गरी देशबाहिर कार्यक्रम गर्दा आयोजकले मानिसहरू अवैधानिक रुपमा छाड्ने गरेको पनि गुनासो छ । हामीले त्यसो गरेको पाइएमा जे सजाय पनि भोग्न तयार छौँ ।’महोत्सव घोषणा कार्यक्रममा वरिष्ठ कलाकार निर शाह, नायिका करिश्मा मानन्धर, निरुता सिंह, नायक सरोज खनाल लगायतले शुभकामना दिएका थिए । कलाकार नीर शाहले यस्तो खालका कार्यक्रमले नै विश्व बजारमा नेपाली फिल्म पुग्ने बताए ।

’हामीले नेपाली फिल्मको बजारलाई अगाडी बढाउन यस्ता गतिविधिले मद्दत गर्छ । यसलाई सम्पूर्ण फिल्मकर्मीले मिलेर सफल बनाउनु पर्छ’ नीरले भने ।

उनले आयोजक मध्येका एक मनोज केसीले नेपाली अवार्डलाई पहिलोपटक विदेशी भूमिमा पुर्याएको स्मरण समेत गरे । ’मनोजले नेफ्टालाई विदेशीभूमिमा गर्छु भन्दा फिल्मकर्मीले पत्याएनन् । सहयोग पनि गरेनन् । तर , मनोज सफल भए र आज विदेशमा सयौँ कलाकार लगेर अवार्ड गर्ने गरिन्छ । त्यसैले यस्ता कार्यक्रमलाई फिल्मकर्मी भएका नाताले सहयोग गरौँ । किनकी यसले केहि नकेहि टेवा त पुर्याउछ’ नीरले भने ।

यस्तै करिश्माले आफ्नै मान्छेबाट पाइने उपाधि र सम्मानले झनै अगाडी बढ्ने प्रेरणा मिल्ने बताइन । ’हामीले विदेशी मार्केटमा नेपाली फिल्मको बढाउने गतिविधिले नै भोलि दर्शक बढ्ने हुन् । झनै यस्तो महोत्सवले राम्रा फिल्म हेर्ने मौका पाउछन । यसको सहि सदुपयोगिता हुनु पर्छ’ करिश्माले भनिन् । कार्यक्रममा उपस्थित सरोज खनालले आफूले नेपाली फिल्म प्रवर्द्धनका लागि गरिने कार्यक्रममा सहभागी हुनुका साथै सहयोग गर्ने पनि बताए ।

’यस किसिमको कार्यक्रमले हाम्रो कला , संस्कृतिलाई टेवा पुर्याउछ । म यसमा सहभागी भएर प्रस्तुति दिन समेत आतुर छु’ उनले भने । अभिनेत्री नीरुता सिंहले आफू नेपाली फिल्मको प्रवर्द्धनका निमित सदैव साथमै रहेको बताइन । मुम्बईबाट नेपाल आइपुगेकी नीरुताले अब नेपाली फिल्मको अन्तराष्ट्रिय बजार बढाउन फिल्मकर्मीहरु जुट्नु पर्ने बताइन । ’हाम्रो नेपाली पन बोकेको फिल्म देखाएर दर्शक बढाउनु पर्छ । अब हामीले नेपालमै मात्र हाम्रो बजार सिमित राख्न हुदैन’ नीरुताले भनिन् ।

नेफ्टा अवार्ड मार्फत नेपाली कलाकारहरुलाई विदेशी भूमिकमा लगेर अवार्डको सुरुवात गर्ने मनोज केसीले अवार्ड कार्यक्रमले दर्शक बढ्नेमा आफु विश्वस्त रहेको बताए । घोषणा कार्यक्रममा नम्रता सापकोटा , गायक विक्रम जंग शाह , अभिनेता भुवन केसी , चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष सन्दीप सापकोटा , फिल्म लेखक तथा समीक्षक सामिप्य तिमल्सेना , अभिनेता यशराज ग्राच , अभिनेत्री पुजना प्रधान , निर्देशक सम्झना उप्रेती रौनियार , वरिष्ठ फोटोग्राफर विकाश रौनियार , गायक यम बराल , कलाकार दमन रुपाखेती , कलाकार शुलेमान शंकर ’इकु’ लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यश कुमारको नयाँ गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका

संविधान दिवसका अवसरमा दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना

‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार

हेमन्त शर्माले ल्याए दसैं गीत

काठमाडौं । गायक हेमन्त शर्माले दसैं गीत ‘आउँथ्यो दसैं’ ल्याएका छन् । गीतमा