‘पीर’बाट लडाकु देहव्यापारमा संलग्न दृश्य हटाइयो, दृश्य बिझाउने भएपछि हटाइएको गायक सपुतको प्रष्टीकरण



काठमाडौं । चौतर्फी आलोचना भएपछि गायक प्रकाश सपुतले ‘पीर’ गीतबाट महिला लडाकु देहव्यापारमा संलग्न भएको दृश्य हटाएका छन् । उनले शनिबार साँझ उक्त दृश्य हटाइएको गीतको नयाँ भिडियो युट्युबमा अपलोड गरेका छन् ।

गायक सपुतले सामाजिक सञ्जालमार्फत भिडियो ‘अर्काइभ’का रुपमा रहने र जहिले हेर्दा पनि त्यही दृश्य बिझाउने महसुस भएपछि आफूले उक्त दृश्य हटाएको प्रष्टीकरण दिएका छन् । गीतको सम्पादित नयाँ भिडियो अपलोड गर्दैै उनले पीरले सफलता मात्रै नभई धेरै कुरा सिकाएको र सचेत गराएको बताएका छन् ।

“तथ्यपरक सिर्जना गर्दा त्यसलाई नेपाली दर्शक, स्रोता, सम्बन्धित कथा पात्रले चित्रण गर्ने समूह/समुदाय र समग्र समाजको कस्तो दृष्टिकोण रहन्छ भन्ने कुराको हेक्का राख्नुपर्ने चेत गराएको छ”, सपुतले भनेका छन् । पीरमा प्रतीकात्मकरूपमा राखिएको दृश्य र पात्रले चित्रण गरेको विषयले सम्बन्धित समूहको आत्मसम्मानमा त चोट पुग्नाका साथै गीत र भिडियोका अन्य सौन्दर्यलाई समेत छायाँमा पारिदिएको भन्दै गायक सपुतले आत्मालोचनासमेत गरेका छन् ।

“जहिले हेर्दा पनि त्यही दृश्य बिझाउने, नियोजितरूपमा माओवादी आन्दोलनलाई बदनाम गर्न खोजिएको भन्ने बुझिने र त्यसले उठाएको अन्य यथार्थ विषय विषयान्तर भइरहने जस्तो भयो”, उनले भनेका छन्, “त्यसैले कुनै दबाब/प्रभावले नभएर प्राप्त प्रतिक्रिया, अग्रज स्रष्टा सर्जकको सुझाव, लेखक, पत्रकार, समीक्षकको समीक्षा र सम्बन्धित समूहको आत्मसम्मानलाई मनन् गर्दै त्यो दृश्य सम्पादन गरेर नयाँ भिडियो ‘रि–अपलोड’ गरिएको छ ।”

पीर प्रकरणबाट सिर्जना गर्दा अझै धेरै अध्ययन गर्न प्रेरित गरेको उनको भनाइ छ । यद्यपि, सर्जकले आफ्नो सिर्जनात्मक दायरा खुम्च्याउने कि सिर्जनाप्रति दर्शकले आफ्नो दृष्कोण फराकिलो बनाउने ? भन्ने बहस हुन जरुरी रहेको उहाँको मत छ । कसैको आत्मसम्मान र सर्जकको इमान्दारितालाई मनन् गर्दै आफ्नो प्रतिक्रिया दिन आग्रह गर्दै गायक सपुतले नयाँ गीतका सन्दर्भमा थप राजनीतिकरण र अतिरञ्जित नगर्न अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यश कुमारको नयाँ गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका

संविधान दिवसका अवसरमा दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना

‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार

हेमन्त शर्माले ल्याए दसैं गीत

काठमाडौं । गायक हेमन्त शर्माले दसैं गीत ‘आउँथ्यो दसैं’ ल्याएका छन् । गीतमा