‘२ नम्बरी’मा पल शाहको ठाउँमा सौगात मल्ल



काठमाडौं । चैत्रको १५ गतेबाट छायाँकनमा जान लागेको चलचित्र ‘२ नम्बरी’मा नायक सौगात मल्लको इन्ट्री भएको छ । दुईबर्ष अघि शुभसाइत गरेर छायाँकन सुरु गर्दा चलचित्रमा नायक पल शाहको मुख्य भूमिका थियो ।

तर, चलचित्रको छायाँकन भैरहँदा कोरोना महामारीका कारण काम अगाडि बढ्न सकेन । दुई बर्षपछि चलचित्रलाई फेरि सुरुबाट नै खिच्ने तयारी गरिएको छ । नायक पल शाह यतिबेला प्रहरी हिरासतमा रहेकाले निर्माण टिमले उनको ठाउँमा नायक सौगात मल्ललाई अनुवन्धित गरेको हो । सौगात मल्ल अनुवन्धित भएसँगै चलचित्रको मुख्य कलाकारको लाइनअप पुरा भएको छ ।

चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गर्दैछन् । चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, वर्षा राउत, उगेन छोदेन लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । चलचित्रले २ साथीको मित्रताको कथा भन्नेछ ।

सौगात मल्लको प्रवेशसँगै निर्माणपक्षले यसको प्रदर्शन मिति पनि तय गरेको छ । चलचित्रलाई आउँदो बर्षको कार्तिक ४ गते तिहारको अवसरमा रिलिज गरिने प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिए । चलचित्रमा दीपक मनाङ्गे जय श्रेष्ठ अमला देवी राईको लगानी छ । चलचित्रका कार्यकारी निर्माता सरोज नेपाली हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यश कुमारको नयाँ गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका

संविधान दिवसका अवसरमा दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना

‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार

हेमन्त शर्माले ल्याए दसैं गीत

काठमाडौं । गायक हेमन्त शर्माले दसैं गीत ‘आउँथ्यो दसैं’ ल्याएका छन् । गीतमा