निर्देशक सुब्बाले चलचित्र ‘गाउँ आएको बाटो’ निर्माण गर्ने



काठमाडौं । चलचित्र ‘नुमाफुङ’ का निर्देशक नविन सुब्बाले नयाँ चलचित्र ‘गाउँ आएको बाटो’ निर्माण गर्ने भएका छन् । निर्देशक नविन सुब्बा दश वर्षपछि चलचित्र निर्देशनमा फर्कन लागेका हुन् ।

मंगलबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी सुब्बाले नयाँ चलचित्र ‘गाउँ आएको बाटो’ बनाउने औपचारिक घोषणा गरेका हुन् । चलचित्र पूर्वी पहाडको स्थानीय राई समुदाय जीवन परिवेशको कथामा बन्ने भएको छ ।

चलचित्रमा दयाहाङ राई, पशुपति राई, खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा लगायतका कलाकारहरुको मुख्य भूमिका रहनेछ । पत्रकार सम्मेलनमा निर्देशक सुब्बाले चलचित्र राम्रो बनाउन आफ्नो इमानदार प्रयास हुने बताए ।

त्यस्तै, नायक दयाहाङ राईले नविन सुब्बासँग काम गर्नु आफ्ना लागि अवसर र चुनौती दुवै रहेको बताए । यो चलचित्र छायाँकनको जिम्मा निर्देशक सुब्बाले अमेरिकाका छायाँकार मार्किन कापरोनलाई दिने भएका छन् ।

नेपाली छायाँकारहरु भन्दा विदेशी छायाँकारसँग काम गर्न सजिलो भएकोले अमेरिकाबाट छायाँकार ल्याएको निर्देशक सुब्बाले बताए । चलचित्रको स्क्रिप्ट महेश राई र नविन सुब्बाको रहेको छ भने मुख्य निर्मातामा अमोद राई रहेका छन् ।

त्यस्तै, कार्यकारी निर्मातामा नेपालबाट सञ्जु राई, हङकङबाट देवराज राई, यूकेबाट नरहाङ राई र अमेरिकाबाट भीम राई रहेका छन् । हङकङ, मकाउ, नेपाल, यूके, अमेरिका, बेल्जियम, साउथ कोरिया, नेदरल्यान्ड, पोर्चुगल र जर्मनी रहेका व्यक्तिहरु चलचित्रको सह–निर्मातामा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा

फिल्म ‘एक्टर’को शुभमुहुर्त

काठमाडौं । फिल्म ‘एक्टर’को शुभमुहुर्त गरिएको छ । मंगलबार ललितपुरको भैँसेपाटीस्थित कार्यविनायक मन्दिरमा

‘रावायण’मा पल र पूजाको जोडी

काठमाडौं । सीताको जन्मभूमि जनकपुरबाट ‘रावायण’ फिल्मको सुटिङ सुरु भएको छ । अभिनेता

रचना रिमालको ‘दर्पण छायाँले’

काठमाडौं । गायक बुद्धि अधिकारीको दोस्रो नयाँ गीत ‘दर्पण छायाँले’ सार्वजनिक भएको छ