२५ वर्ष पुरानो कथा बोकेको ‘बाटुली’ को प्रसारण सुरु



काठमाडौं – आर्टिष्ट खबर मिडियाले निर्माण गरेको नयाँ पारिवारिक टेलिफिल्म ‘बाटुली’ प्रसारण सुरु भएको छ । न्युज नेपाल एचडी टेलिभिजनबाट मंगलबारदेखि उक्त टेलिफिल्मको प्रसारण सुरु भएको हो ।

‘बाटुली’ २५ वर्ष पुरानो कथामा आधारित छ । समाजमा सासु र बुहारीबिच हुने द्धन्दलाई टेलिफिल्ममा उतारिएको छ । सञ्चारकर्मी गोपीकृष्ण चापागाईं र नवराज अधिकारी निर्देशित टेलिफिल्मको कथा गोपीकृष्णले नै लेखेका हुन् ।

टेलिफिल्ममा मौसमी मल्ल, सिपी पौडेल, संगम भुषाल, खगराज सापकोटा, नारायण प्रभु, नवराज अधिकारी, राशि रिजाल, समीक्षा लामिछाने, बाल कलाकार खुशी अर्याललगायतको अभिनय देख्न सकिन्छ ।

नवलपुरको देवचुलीमा छायांकन टेलिफिल्मको सहायक निर्देशक वीरेन्द्र भाट ‘विपिन’ हुन् । टेलिफिल्मलाई अनिल लामिछाने खि चेका हुन् । उक्त टेलिफिल्म आर्टिष्ट खबरको युट्युव मार्फत मंगलबार साँझ ८ प्रसारण हुने निर्माण युनिटले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नुरगङ्गा प्रतिभा पुरस्कार राजु परियारलाई

काठमाडौँ । नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले एक लाख राशिको नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार

गायनतर्फ शिव परियारलाई छिन्नलता पुरस्कार

  काठमाडौँ ।   छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत

‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा

फिल्म ‘एक्टर’को शुभमुहुर्त

काठमाडौं । फिल्म ‘एक्टर’को शुभमुहुर्त गरिएको छ । मंगलबार ललितपुरको भैँसेपाटीस्थित कार्यविनायक मन्दिरमा