देवी घर्ती मगर र कुशल बेलबासेको ‘चिया गुलियो’ (भिडियोसहित)
काठमाडौं । विश्वमा कोरोनाको कहर कायमै छ । नेपालमा पनि यसको असर कम भएको छैन। केही देशहरुमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी छ त केही देश भने पुनः पुरानै अवस्थामा फर्केका छन्।
तर केही देशहरुमा पुन संक्रमण बढ्दै गएको छ। यता नेपालमा केही दिन यता जारी निषेधाज्ञा केही खुकुलो बनाईएको छ । यसका बाबजुत कोरोना संक्रमण बढ्नसक्ने स्वास्थ्यविज्ञहरुले बताउँदै आएका छन् । यस्तैमा, कलाकर्मीहरुले गीत संगीत पनि कोरोना कहरमै सार्वजनिक गर्न थालेका छन् ।
त्यस्तै, शनिबार गायीक देवी घर्ती मगर र गायक कुशल बेलबासेको स्वर रहेको ‘चिया गुलियो’ साजनिक भएको छ। उक्त गीतमा शब्द तथा संगीत दुर्गा बिरहीको रहेको छ । आकाश नेपालीको एरेन्ज रहेको गीतको रेकर्डिङ भने राजु सुनामले गरेका छन् ।
निर्देशक मौसम हिमालीले निर्देशन गरेको गीतमा दिपासा बि.सी., रमेश बाबु थापा,बिशाल रायमाझी, रुपा राना, माधव श्रेष्ठ लगायत कलाकारहरुको अभिनय रहेको छ । उक्त भिडियोलाई दुर्गा पौडेलले छांयाकन गरेका हुन् भने अनिल विष्ठ प्युठानीले सम्पादन गरेका हुन्। गीतलाई आत्मा विश्वास फिल्मस प्रा.लि को युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ।