सफलता थिङलाई मिस तामाङको विजेता



काठमाडौं । काभ्रेकी सफलता थिङ तामाङले मिस तामाङ २०२१ को विजेता बनेकी छन् । सौन्दर्य प्रतियोगिता मिस तामाङ २०२१ को २४ प्रतियोगीमध्येबाट उनी विजेता बन्न सफल भएकी हुन् ।

उनले मिस मल्टिमिडिया, मिस इन्टिलेक्च्युल र मस्ट पपुलर ग्लोबल अनलाइन पे टाइटल पनि हात पारेकी छन् । विजेताले एक लाख रुपैयाँ, २० हजार गिफ्ट ह्याम्पर, क्राउन प्राप्त गरेकी छन् । उपाधि विजेता थिङलाई अघिल्लो बर्षकी मिस तामाङले ताज पहिरिदिएकी थिइन् । त्यस्तै गरी फस्ट रनरअफ पेमा पाख्रिन र सेकेन्ड रनरअफ सोनिया वाइबा भएका छन् ।

उनीहरूले क्रमशः नगद ५० हजार र ३० हजार रुपैयाँ प्राप्त गरिन् । निर्णायक मण्डलले टप ५ मा सफलता थिङ, पेमा पाख्रिन, रोशनी रुम्बा तामाङ, सिसम दोङ लामा, सोनिया वाइबा छनौट गरेको थियो । निर्णायक मण्डलहरूमा संगीतकार प्रदीप बमजन, डा. छिरिङ योञ्जन, नवाङ मोक्तान, वर्षा लेखी रहेका थिए ।

निर्णायक मण्डलका प्रदीप बमजनले ‘मिस तामाङ भएमा समाजको लागि तीन वटा कार्य के–के गर्नुहुन्छ ? किन गर्नु हुन्छ ?’ भनी सोधेका थिए । विजेता थिङले जवाफमा भनेकी थिइन्,‘सर्वप्रथम आफ्नो भाषा, संस्कृति, भेषभुषालाई जोगाउनका लागि हरदम तत्पर रहनेछु, किन की मिस तामाङ प्रतियोगिता आयोजनाको मुख्य उद्देश्य भनेकै यही नै हो । हाम्रो पहिचान जोगाउन नै । म हरेक नारी लगायत मलाई देख्ने, सुन्ने, भेट्ने सम्पूर्णको लागि प्रेरणाको स्रोत बन्न चाहन्छु । किन की कतिपय व्यक्तिहरूमा प्रतिभा भएता पनि प्रेरणा वा साहस नभएका कारण आगाडी बढेका छैनन् । म न्याय स्थापनाका लागि उदाहरणीय योगदान प्रदान गर्नका लागि, कानुनी ज्ञान समुदायका हरेक कुना काप्चामा प्रदान गर्न चाहन्छु, किन की मेरो लक्ष्य नै यही हो ।’ उनले निर्धारित तीन मिनेटको समयमा लेखेर वाचन गरेकी थिइन् ।

प्रतियोगी सिसम दोङ लामा मिस पर्सनालिटी भएकी छिन् । फोटोजेनिकमा सनिता तितुङ तामाङ, भ्युवर च्याइसमा पेमा पाख्रिन तामाङ, मिस फ्रेण्डली सुस्मा घिसिङ तामाङ र मिस कन्फिडेन्स सुजाता तितुङ तामाङ भएकी छिन् । प्रतियोगिताको ग्लोबल अनलाइन निशा घिसिङ, पेमा पाख्रिन, रिमा, सफलता र सोनिया वाइबाले जितेकी थिइन् । एमडी ग्रुपको प्रस्तुतिमा भएको १३ औँ संस्करणको प्रतियोगिता मम्स् इन्टरनेशनल नेपालको आयोजनामा शुक्रबार सम्पन्न भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘परालको आगो’मा आधारित फिल्म बन्ने

काठमाडौं । कथाकार गुरुप्रसाद मैनालीद्वारा लिखित कथा ‘परालको आगो’मा आधारित चलचित्र बन्ने भएको

‘आधा मुटु’ मा प्रेम, विवाह र डिभोर्सको कथा

काठमाडौं । शान्तिश्री परियार र नेत्र भण्डारीको स्वरमा नयाँ गीत ‘आधा मुटु’ आएको

‘पूर्णबहादुरको सारङ्गी’ ले १४ दिनमा कमायो २७ करोड

काठमाडौँ । लक्ष्मीपूजालाई लक्षित गर्दै यही कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ नेपालमा

सन्तानका लागि एक आमाको त्याग समेटिएको ‘भगवान नै आमा हुन्’

काठमाडौं । नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ को दोस्रो गीत सार्वजनिक गरिएको छ ।