घमेश दुलालकाे ‘बनमा खयर’ सार्वजनिक(भिडियोसहित)



काठमाडौं । घमेश दुलालकाे लोकदोहोरी गीत ‘बनमा खयर’ सार्वजनिक भएको छ ।

विगतका दिनमा लोकदोहोरी क्षेत्रमा राम्रो सफलता कमाएको भए पनि एक दशक भन्दाबढी समयसम्म गुमनाम भएका दुलाल पुन: लोकदोहोरीको क्षेत्रमा फर्किएका हुन् ।

गायक दुलालले यसअघि नारायण थानमा गेट, दमौलीमा गेट, घर हाम्रो रामेछाप, आमाको आशीर्वाद, अन्तिम चिट्ठीलगायत दर्जनौं चर्चित गीतका गाएका थिए ।

दुलालसँगै ‘बनमा खयर’मा गायिकाको प्रविशा अधिकारीको स्वर रहेको छ भने शिव हमालले शब्द रचना गरेका छन् । गीतमा संगीतकार तथा गायक प्रभावन जेकाे संगीत रहेकाे छ भने गीतकाे संगीत संयाेजन कमल साैरागले गरेका हुन् ।

डिएआर मुभिजकाे अफिसियल च्यानलबाट सार्वजनिक भएको सो गीतमा अभिनय बुद्धि तामाङ, सत्यकला बम्जन र पुरु सिग्देलकाे रहेकाे छ । कमल राईले भिडियो निर्देशन गरेका छन् भने छायांकन हरिष मेहेरा, कलर तथा सम्पादन डिनशन शाहले गरेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण हुने

काठमाडौं । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा गरिएको छ । नेपाली फिल्मको

सुम्निमाको ‘तारा’ सार्वजनिक

काठमाडौँ । गायिका सुम्निमाको ‘तारा’ गीत सार्वजनिक भएको छ । के टमोटको शब्द

‘ज्वाइँ साब’ मा विल्सन विक्रम राई

काठमाडौं । नायक विल्सन विक्रम राई आफैं फिल्म निर्देशन गर्ने तयारीमा छन् ।

कृष्णदेव रुपाखेतीको निर्देशनमा ‘तिम्रो मेरो दिलको बास’

काठमाडौँ । गायक प्रमोद खरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको ‘तिम्रो मेरो