दशैं गीत ‘रिनै रिनैको’



नजिकिँदै गरेको नेपालीहरुको महान् चाड विजयादशमीलाई लक्षित गरेर गीत संगीत बजारमा आउन थालिसकेका छन् । यस्तैमा लोकप्रिय गायक/गायिका बिष्णु खत्री र पूर्णकला बिसीको स्वरमा पनि नयाँ दशैं गीत ‘रिनै रिनैको’ सार्वजनिक भएको छ ।

कपिल लामाको निर्देशन रहेको भिडियोमा सुरेश श्रेष्ठको छायाँकन तथा शिव पौडेलको सम्पादन रहेको छ । बिष्णु खत्रीकै शब्द तथा लय रहेको गीतको म्युजिक एरेन्जर बिनोद बाजुराली हुन् भने गीतलाई आफ्नै युटुब च्यानल बिष्णु खत्रीमा राखेका छन् ।

प्रदेशीको पीडालाई समेटिएर तयार गरिएको भिडियोमा ओबी रायमाझी र सारीका केसीको अभिनय रहेको छ । विदेशिएका युवाको पीडा र गाउँमा रहेका महिलाको पीडा बोकेको उक्त गीतले अहिलेको नेपाली परिवेशलाई चित्रण गरेको छ ।नेपालको समाजको बर्षौदेखिको रेमिट्यान्समा बाँच्नुपर्ने विवशतालाई जिवन्तढंगले गायन र भिडियोमार्फत प्रस्तुत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा

फिल्म ‘एक्टर’को शुभमुहुर्त

काठमाडौं । फिल्म ‘एक्टर’को शुभमुहुर्त गरिएको छ । मंगलबार ललितपुरको भैँसेपाटीस्थित कार्यविनायक मन्दिरमा

‘रावायण’मा पल र पूजाको जोडी

काठमाडौं । सीताको जन्मभूमि जनकपुरबाट ‘रावायण’ फिल्मको सुटिङ सुरु भएको छ । अभिनेता

रचना रिमालको ‘दर्पण छायाँले’

काठमाडौं । गायक बुद्धि अधिकारीको दोस्रो नयाँ गीत ‘दर्पण छायाँले’ सार्वजनिक भएको छ