वामदेव गौतमको गीत ‘यो बुद्धभूमि’(भिडियोसहित)



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम राजनीतिसँगै लेखनमा उतिकै रुचि राख्छन् । फुर्सदका समयमा राष्ट्रियभावले ओतप्रोत गीत लेख्ने गरेका उनले पछिल्लो पटक ‘यो मुक्तभूमि हो, बुद्धभूमि’ बोलको गीत रचना गरेका छन् ।

कोभिड– १९ का कारण यो ‘बुद्धभूमि’ नामक गीत शुक्रबार भर्चुअलरुपमा सार्वजनिक भएको छ । गौतमको गीतमा शम्भुजीत बाँस्कोटाको सङ्गीत र रोशनराज गुरुङ, माण्डवी त्रिपाठी, अञ्जना गुरुङलगायतको स्वर छ । गीतका प्रस्तुतकर्ता हरिशदेव गौतम र छायाङ्कनकर्ता दीर्घ गुरुङ हुनुहुन्छ । गीतमा नेपालको प्राकृतिक सुन्दरता, शान्तिका दूत गौतम बुद्ध र नेपाली कलासंस्कृतिका बारेमा वर्णन गरिएको छ । नेपालीलाई गीतले एकतामा रहन र देशप्रति माया गर्न प्रेरणा मिल्ने विश्वास नेता गौतमको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नुरगङ्गा प्रतिभा पुरस्कार राजु परियारलाई

काठमाडौँ । नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले एक लाख राशिको नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार

गायनतर्फ शिव परियारलाई छिन्नलता पुरस्कार

  काठमाडौँ ।   छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत

‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा

फिल्म ‘एक्टर’को शुभमुहुर्त

काठमाडौं । फिल्म ‘एक्टर’को शुभमुहुर्त गरिएको छ । मंगलबार ललितपुरको भैँसेपाटीस्थित कार्यविनायक मन्दिरमा