जयराम खड्काको ‘हो नी रेशम’(भिडियोसहित)



कोरना कहरका बीच नेपाली संगीतप्रेमीलाई मनोरञ्जन प्रदान गर्न नयाँ लोक दोहारी गीत सार्वजनिक भएको छ । गायक जयराम खड्का र गायिका पुर्णिमा लामाको नयाँ लोक दोहारी गीत ‘हो नी रेशम’ सार्वजनिक भएको हो । उक्त गीतमा गायक खड्काको मिठासपूर्ण स्वर सुन्न सकिन्छ ।

भिडियोमा आयुष्मा कार्की र प्रदीप रोकाको अभिनय रहेको छ । गीतका शब्द बिदुर आपागाईंले लेखेका हुन् भने लय र संगीत संयोजन पनि खड्काको नै रहेको छ ।

गोपाल थापाको निर्देशनमा बनेको उक्त भिडियोमा विपिन क्षेत्रीको छायांकन रहेको छ । भिडियोको सम्पादन भने नविन घर्ती मगरले गरेका छन् । गायक खड्काले हालसम्म एक दर्जनबढी गीतहरु सार्वजनिक गरी सकेका छन् ।

काभेको, भुम्लु गाउँपालिका सिम्थली २ मा बुबा सानुकाजी खड्का र आमा सरस्वती खड्काको कोखबाट जन्मिएका प्रतिभाशाली व्यक्ति जयराम खड्का बाल्यकालदेखिनै संगीत क्षेत्रमा रुचि राख्ने लोक संगीत प्रेमी र स्वरका धनी थिए ।

गायक खड्का सानो उमेर देखिनै समाज सेवामा रुचि राख्ने र विभिन्न सास्कृतिक कार्यक्रममा सहभागी भई आफ्नो कला प्रस्तुत गर्न माहिर थिए ।

केही समय अगाडि आफ्नो जन्मभूमिको विशेष महत्व झल्काउने कोशीपारी बोलको गीत सर्वत्र बाजारमा ल्याई दर्शकको अपार माया, ममता र स्नेह प्राप्त गरि सकेका गायक खड्काले फेरि हो नी रेशम बोलको गीत एबिएस म्युजिकको युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

आफ्ना अमुल्य प्रस्तुतीहरुबाट सम्मानित भइ समाजमा छुटै पहिचान बनाउन सफल भएका खड्काको अमूल्य सांगीतिक योगदान र कोशेलीबाट आज धेरै जयराम खड्का जस्तै प्रतिभा जन्मिएका छन् काभ्रेको सिम्थलीमा । यस्तै लोकप्रेमी साथीहरुको अपार माया पाईराखियो भने राष्ट्रको लागि केही छाप छोड्न आफू सफल हुने र आफू लोक संगीतको क्षेत्रमा अन्तिम समयसम्म क्रियाशील रहिरहने गायक खड्को धाराणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘अञ्जिला’ आगामी माघ ११ मा रिलिज हुने

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट

रंगमञ्चमा उदाएर फेरि रङ्गमञ्चमा फर्किन नसकेका रङ्गकर्मी

काठमाडौं । आज ६३औँ विश्व रङ्गमञ्च दिवस हो । रङ्गकर्मीले विभिन्न कार्यक्रम गरेर

आरजुलाई मिस ई–कलेजको ताज

सिजन मिडिया प्रालिले मङ्गलबार काठमाडौँमा आयोजना गरेको मिस ई–कलेज २०२४ का ताज आरजु

पहिलो एनिमेटेड फिल्म ‘सलीना’ को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपालको पहिलो एनिमेटेड फिल्म ‘सलीना’ को ट्रेलर सार्वजनिक गरिएको छ ।