‘आलु जस्तो गायक’युट्युब ट्रेन्डिङमा



युवा पुस्तामाझ रुचाइएका गायक दुर्गेश थापाको गीत ‘आलु जस्तो गायक’ सार्वजनिक भएको दुई दिनमै युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नम्बर एकमा आएको छ ।

गीतको भ्यूज शनिबार दिउँसोसम्ममा सात लाख नाघेको छ । गीतमा वसन्त थापाले शब्द/सङ्गीत दिएका छन् । भिडियो निर्देशन शिव विकले गरेका छन् । गीतमा गायक थापासँगै नायक पल शाह, पुष्प खड्का र सारिका केसीको अभिनय/नृत्य छ ।

‘इनाक्षी इन्टरटेन्टमेन्ट’ युट्युब च्यानलबाट सार्वजनिक गीतमा थापाको साङ्गीतिक जीवनको भोगाइ र उतारचढाव समावेश छ । केही साताअघि एक टेलिभिजन अन्तर्वार्तामा नारायणगोपालको गीत गाउन लगाउँदा भक्तराज आचार्यको गीत गाएपछि गायक थापा ट्रोलको शिकार बन्नुपरेको थियो । थापाको साङ्गीतिक ज्ञानको स्तरलाई लिएर धेरैले व्यङ्ग्य गरेका थिए ।

सङ्गीत प्रशिक्षण, साधानाले भन्दापनि आफू रहरले गायक भएको थापाले बताए ।

थापाको यही वर्ष सार्वजनिक ‘बीच्चबीचमा–२’ तीज गीत पनि चर्चित छ । गीतमा कोरोना महामारीले जनजीवनमा पारेको प्रभावबारे उल्लेख छ । उक्त गीतले पनि युट्युबमा एक करोड बढी भ्यूज बटुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘रावायण’मा पल र पूजाको जोडी

काठमाडौं । सीताको जन्मभूमि जनकपुरबाट ‘रावायण’ फिल्मको सुटिङ सुरु भएको छ । अभिनेता

रचना रिमालको ‘दर्पण छायाँले’

काठमाडौं । गायक बुद्धि अधिकारीको दोस्रो नयाँ गीत ‘दर्पण छायाँले’ सार्वजनिक भएको छ

‘बोक्सीको घर’ले पायो सेन्सर बोर्डबाट युनिभर्सल सर्टिपिकेट

काठमाडौं । यही वैशाख १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’ले केन्द्रीय चलचित्र

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण हुने

काठमाडौं । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा गरिएको छ । नेपाली फिल्मको