राजेश पायल राईको ‘त्यो तिमी हौ’



काठमाडौं । राजेश पायल राईको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । ‘त्यो तिमी हौ’ बोलको गीतमा निर्मला राई ‘परिवेश’को शब्द रचना तथा अर्जुन पोखरेलको संगीत रहेको छ । रचनाकार निर्मला राई ‘परिवेश’ले थुप्रै चलचित्रका गीत तथा एल्बमका गीतहरु लेखिसकेकी छन् । मिलन चाम्सको निर्देशनमा बनेको भिडियोमा नायक दयाहाङ राई र नायिका आँचल शर्मा फिचर्ड छन् ।

महाराज थापाको संगीत संयोजन रहेको गीतको भिडियोलाई सुदीप बरालले छायांकन, प्रज्वलित पराजुलीले सम्पादन र जुनिम गहतराजले कलर संयोजन गरेका छन् । भिडियोको सहायक निर्देशन गिरिराज घिमिरेले गरेका छन् । भिडियोमा दयाहाङ राई र आँचल शर्मा रोमान्टिक मुडमा प्रस्तुत भएका छन् । भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुम्निमाको ‘तारा’ सार्वजनिक

काठमाडौँ । गायिका सुम्निमाको ‘तारा’ गीत सार्वजनिक भएको छ । के टमोटको शब्द

‘ज्वाइँ साब’ मा विल्सन विक्रम राई

काठमाडौं । नायक विल्सन विक्रम राई आफैं फिल्म निर्देशन गर्ने तयारीमा छन् ।

कृष्णदेव रुपाखेतीको निर्देशनमा ‘तिम्रो मेरो दिलको बास’

काठमाडौँ । गायक प्रमोद खरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको ‘तिम्रो मेरो

स्मिता दाहालले ल्याइन् ‘लुकाउने ठाउँ छैन’

काठमाडौँ । गायिका स्मिता दाहाल र भारतीय गायक दिव्य कुमारको स्वरमा रहेको नयाँ