चर्चित अभिनेत्री केली प्रेस्टनको स्तन क्यान्सरका कारण निधन



अमेरिकी चर्चित अभिनेत्री केली प्रेस्टनको ५७ वर्षको उमेरमा निधन भएको छ । अभिनेत्री केली प्रेस्टनको ५७ वर्षको उमेरमा स्तन क्यान्सरका कारण मृत्यु भएको हो । जेरी म्यागुइर र ट्विन्सजस्ता चलचित्रमा अभिनय गरेकी केली विगत दुई वर्षदेखि स्तन क्यान्सरविरुद्ध लडिरहेकी थिइन् ।

उनको निधन भएको उनका श्रीमान् जोन ट्राभोल्टाले इन्स्टाग्राममार्फत् जानकारी गराएका हुन् । ६९ वर्षीय उनले लेखेका छन्, ‘म निकै दुस्खका साथ जानकारी गराउँछु कि मेरी सुन्दर श्रीमती स्तन क्यान्सरविरुद्धको दुईवर्षदेखिको लडाइँ हारेकी छन् । उनको माया र उनको सम्झना रहिरहनेछ ।१३ अक्टोबर १९६२ मा जन्मिएकी केलीले १९८५ मा पहिलो चलचित्र मिसचिफमा अभिनय गरेकी थिइन् । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नारीवादसम्बन्धी कला प्रदर्शनी माघ १२ गतेदेखि

काठमाडौँ । दक्षिण एसियाली महिला कलाकारको नारीवादसम्बन्धी बृहत् कला प्रदर्शनी आयोजना हुने भएको छ।

‘सम्झनामा तारादेवी’

काठमाडौं ।  नेपाली गीतसङ्गीतको क्षेत्रमा कोकिला, किन्नरीलगायत उपाधि पाएकी गायिका तारादेवीलाई स्मरण गर्दै

सांगीतिक यात्रा छाडेर विदेशिन बाध्य प्रदीप

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका २६ वर्षीय प्रदीप राईले भ्वाइस

‘सितारा जडेको’ मा पल शाह र दीपिकाको रोमान्स

काठमाडौं । फिल्म ‘मायाबी’ को नयाँ गीत ‘सितारा जडेको’ सार्वजनिक भएको छ ।