मोडलिङमा भबिष्य खोज्दै मोडल बिपना चुनारा



काठमाडौँ । युवा पुस्ताको मोडलिङ क्षेत्रमा आकर्षण बढेसँगै अवसर र चुनौतीहरु समेत थपिदै गएका छन् । युवा पुस्ताको सर्बाधिक रोजाइमा परेको मोडलिङ क्षेत्र दिनानुदिन फैलिदै गएको छ । त्यस्तै मोडलरनायिका बन्ने चाहना लिएर मोडलिङ क्षेत्रमा आफ्नो क्यारियर सुरु गरेकी मोडल हुन् बिपना चुनारा ।

नृत्य तथा अभिनयमा पोख्त मोडल बिपना चुनारा सुन्दर मुहार र आकर्षक शरीरको धनी छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनी प्रतिको आकर्षण हो । उनी मेहनतका साथ अभिनय र कलालाई अँझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन ।

सुर्खेतको स्थायी बासिन्दा बिपना चुनारा काठमाडौँलाइ कर्मथलो बनाएर बिगत २ बर्ष देखि यस क्षेत्रमा आबद्द रहेर ब्यबसायिक मोडलको रुपमा आफुलाई निखार्दै आएकी छिन । हेर्दा पनि निकै आकर्षण मोडल बिपना, हासिरहने शालीन स्वभावकि छिन ।

मोडल बिपना चुनारा यदि कुनै चलचित्र, म्युजिक भिडियोहरूमा अफर आएमा आफू अभिनय गर्न तयार रहेको बताउछिन । सानै उमेर देखि मोडल तथा नायिका बन्ने सोच र रुचि राख्ने बिपना अभिनयमा पनि आफूलाई अब्बल दर्जामा राख्न कोशिशरत छिन ।

केहि म्युजिक भिडियोमा अभिनय गरि सकेकी बिपनाले टेलिसिरियलहरुमा समेत अभिनय गरिसकेकी छिन । मोडल बिपना चुनारा भन्छिन, अब चलचित्र र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यही क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउँछु ।

उनी भन्छिन मानव जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अवश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नूनै जीवन हो, एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफू अगाडि बढेको कुरा पनि उनी बताउँछिन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चलचित्र ‘वसन्त’को शुभमूर्हत

गण्डकी । गलबन्दी प्रडक्सनको ब्यानरमा बन्न लागेको चलचित्र ‘वसन्त’को शनिबार बागलुङको प्रसिद्ध कालिका

बलिउड गायक नकाश अजिजको स्वरमा ‘सिनेमा हेर्न जाउँ’

काठमाडौं । फिल्म ‘१२ गाउँ’को पहिलो गीत सार्वजनिक गरिएको छ। फिल्ममा ‘सिनेमा हेर्न

तीजमा तरङ्ग ल्याउने विष्णु माझी किन गुमनाम छिन् ?

-शिव लम्साल नेपाली महिलाको विशेष पर्व तीज माइतीघरको नियास्रो तुष्टि, व्रत साधना, स्वादिलो

सासु बुहारीको कथामा आधारित सिरिज ‘ओ ! सासुजी’ आजदेखि न्यूज नेपाल टेलिभिजनमा

काठमाडौं । सासु बुहारीको कथामा आधारित प्रिमियम सिरिज ‘ओ ! सासुजी’ अब टेलिभिजनमा