वरिष्ठ हास्य कलाकार जगदीपको निधन,



चर्चित बलिउडका वरिष्ठ हास्य कलाकार जगदीपको निधन भएको छ । क्यान्सर रोगबाट पीडित जगदीपको ८१ वर्षको उमेरमा बुधबार राति मुम्बईस्थित निवासमा निधन भएको हो । बिहीबार उनको अन्त्येष्टि गरिने छ । जगदीपको वास्तविक नाम सैयद इश्तियाक अहमद जाफरी हो । उनी कलाकारद्वय जावेद र नावेद जाफरीका बुवा हुन् । उनले चार सयभन्दा बढी फिल्ममा काम गरेका छन् । सन् २०१२ को ‘गली गली चोर’ उनले अभिनय गरेको अन्तिम फिल्म हो, जसमा उनले प्रहरीको भूमिका निर्वाह गरेका छन् । सन् १९७५ मा बनेको शोले फिल्ममा उनले निर्वाह गरेको सुरमा भोपालीको भूमिकाले उनी बलिउडमा चर्चित बनायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हेमन्त शर्माले ल्याए दसैं गीत

काठमाडौं । गायक हेमन्त शर्माले दसैं गीत ‘आउँथ्यो दसैं’ ल्याएका छन् । गीतमा

यस वर्ष १७ औँ दसैँगीत ल्याउँदैछन् लोकगायक विष्णु खत्री

गण्डकी । दसैँ गीतका पर्याय बनेका लोकगायक विष्णु खत्रीले आफ्नो सत्रौँ दसैँ गीत

चर्चामा चलचित्र ‘ज्वाइँ साब’

काठमाडौं । वसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र ‘ज्वाइँ साब’ अहिले चर्चामा छ। चलचित्रको

दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’ हुने

  काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आगामी असोज ३ गते