कोरोनाको त्रासका कारण ‘म यस्तो गीत गाउँछु २’ को रिलिज स्थगित



फिल्म ‘सेन्टी भाइरस’ शुक्रवारबाट राजधानीमा सञ्चालित मल्टीप्लेक्सहरुबाट उत्रिएको छ । तेस्रो हप्तासम्म हलमा टिकेको यो फिल्मलाई चौथो हप्ताबाट मल्टीप्लेक्सहरुले उतारेका हुन् ।
चौथो हप्ताबाट ‘सेन्टी भाइरस’ मल्टीप्लेक्सहरुबाट उत्रिँदा ‘आमा’ ले भने आफ्नो दबदबा कायमै राखेको छ । यी दुई फिल्म एकसाथ मैदानमा उत्रिएका थिए ।

माउथ पब्लिसिटी तगडा भएका कारण यो फिल्म लामो रेसको घोडा बन्न सफल भएको हो । तर, संसारभर फैलिएको कोरोना भाइरसका कारण अहिले यो फिल्मले पनि दर्शकको राम्रो साथ पाउन सकेको छैन ।
कोरोनाको त्रासका कारण यो हप्ता हलमा नयाँ नेपाली फिल्म छैनन् । शुक्रवारबाट फिल्म ‘म यस्तो गीत गाउँछु २’ आउँदै थियो । तर, कोरोनाकै कारण फिल्मको रिलिज स्थगित भयो । यद्यपि, शुक्रवारबाट नेपाली हलमा हलिउड फिल्म ‘ब्लड सट’ र बलिउड फिल्म ‘अंग्रेजी मिडियम’ प्रदर्शनमा आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण हुने

काठमाडौं । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा गरिएको छ । नेपाली फिल्मको

सुम्निमाको ‘तारा’ सार्वजनिक

काठमाडौँ । गायिका सुम्निमाको ‘तारा’ गीत सार्वजनिक भएको छ । के टमोटको शब्द

‘ज्वाइँ साब’ मा विल्सन विक्रम राई

काठमाडौं । नायक विल्सन विक्रम राई आफैं फिल्म निर्देशन गर्ने तयारीमा छन् ।

कृष्णदेव रुपाखेतीको निर्देशनमा ‘तिम्रो मेरो दिलको बास’

काठमाडौँ । गायक प्रमोद खरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको ‘तिम्रो मेरो