पाँच प्रदेशका इन्जिनियर्स एशोसिएशनमा लोकतान्त्रिक समूहको नेतृत्व



काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा पाँच प्रदेशमा लोकतान्त्रिक समूह पदाधिकारीसहित बहुमत पदमा निर्वाचित भएको छ ।

पाँच प्रदेशमा सेन्टर फर डेमोक्रयाटिक इन्जिनियर्स नेपाल (सिडेन) को नेतृत्वसहित बहुमत पदमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । प्रदेश एक, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा लोकतान्त्रिक समूह निर्वाचित भएको निर्वाचन समितिका सदस्य उमेश गुप्ताले जानकारी दिए । पाँच प्रदेशमा नेतृत्वसहित मुख्य पद गरी बहुमतमा सिडेनको समूह निर्वाचित भएको उनले बताए ।

अहिले मत्गणना भइरहेको मधेश प्रदेश र बागमतीमा पनि धेरै पदमा सिडेनकै पदाधिकारी एवं सदस्यको अग्रता रहेको छ । मधेश प्रदेशका दुई निर्वाचन केन्द्रमध्ये एक र बागमतीका तीन निर्वाचन केन्द्रमध्ये एकको मत गणना अहिले जारी छ ।

आज बेलुकीसम्म जनकपुर काठमाडौँ केन्द्रको पनि मत परिणाम आउने समितिले जनाएको छ । राज्य पुनःसंरचनापछि प्रदेशको दोस्रो कार्यकालका लागि मतदान भएको हो । एशोसिएशनको अध्यक्षमा प्रदेश नं १ मा जयनाथ यादव, गण्डकीमा वृजेन्द्र केसी, लुम्बिनीमा शैलेन्द्रकुमार श्रेष्ठ, कर्णालीमा हरि केसी र सुदूरपश्चिममा प्रदीपकुमार पन्त निर्वाचित भएका छन् । अग्रता कायम गर्ने सिडेनका उम्मेदवारमा मधेश प्रदेशमा श्यामकिशोर यादव र बागमतीमा रोहिणी पौडेल छन् ।

केन्द्रीय नेतृत्वमा पनि सिडेनकै अग्रता
केन्द्रीय नेतृत्वमा पनि सिडेनका पदाधिकारी एवं सदस्य गरी बहुमतमा अग्रता कायम गरेको छ । लोकतान्त्रिक समूहबाट अध्यक्ष पदमा डा हरिबहादुर दर्लामीको नेतृत्वको समूह प्रतिस्पर्धामा छ ।

यसैगरी प्रगतिशील समूहबाट डा सुरज लामिछाने नेतृत्वको समूहले प्रतिस्पर्धा गरिरहेको छ । सिडेनबाट विद्रोही समूह निर्वाचनमा खडा भए पनि पाँच प्रदेशमा विजयीसहित केन्द्रमा पनि अग्रता कायम गरेको उपाध्यक्ष पदका उम्मेदवार नारायण अधिकारीले बताए ।

एशोसिएशनको ३३ औँ कार्यसमितिका लागि फागुन २७ गते शुक्रबार मतदान भएको थियो । एशोसिएशनबाट इन्जिनियर्स काउन्सिलमा प्रतिनिधित्व गर्ने पाँच पदमा पनि सिडेनकै उम्मेदवारको अग्रता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा इन्जिनियरिङको इतिहास गर्विलो छः पूर्वराष्ट्रपति भण्डारी

  धरान  । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रविधिलाई आधार बनाउँदै अगाडि बढ्नु आजको आवश्यकता

एआई प्रविधि केवल प्रेरणाको स्रोत मात्र नभई देशको प्राविधिक विकासका लागि दिशानिर्देशक पनि हो

-डा. परशुराम दाहाल नासाले १४ अक्टोबर २०२४ मा जुपिटर(वृहस्पति) ग्रहको चन्द्रमा युरोपाको अध्ययन

नेपालमा विज्ञान, इन्जिनियरिङ र जियोइन्जिनियरिङको क्षेत्रमा धेरै चुनौतीः उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालमा विज्ञान, इन्जिनियरिङ र जियोइन्जिनियरिङको

इन्जिनियरिङ अध्ययन गरेर ब्लक उद्योगमा स्थापित

भजनी (कैलाली) । तेह्र वर्ष पहिले इन्जिनियरिङ पढेर काठमाडौँबाट फर्किएका तेजबहादुर थापा कैलालीको