कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ विद्यार्थी दीक्षित



जुम्ला । प्रधानमन्त्री केपी शर्मा ओलीले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ विद्यार्थीलाई दीक्षित गरेका छन् ।

मंगलबार प्रतिष्ठानमा आयोजित प्रथम दीक्षान्त समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ विद्यार्थी दीक्षित भएका हुन् ।

यसअघि गत भदौ २३ गते दीक्षान्त समारोह तय गरिएको थियो । तर त्यतिबेला प्रधानमन्त्री उपस्थित हुन नसक्ने भएपछि स्थगित भएको थियो ।

दीक्षान्त समारोहमा कुलपति तथा प्रधानमन्त्री ओलीसहित स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डा अञ्जनीकुमार झा, अमेरिकास्थित हार्डवेयर मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक क्रिस्टिन मसेङ्गर पनि समारोहमा सहभागी भएका प्रतिष्ठानका शिक्षाध्यक्ष डा डबलबहादुर धामीले बताए ।

उनले भने, ‘स्नातकतर्फ बिपीएचमा ३८, एमबिबिएस १३ र स्नातकोत्तरतर्फ एमडिजीपीमा तीन, एमडी एनेस्थेसियामा एक र एमडी पेडियाट्रिक्समा एक गरी ५८ विद्यार्थी दीक्षित हुन योग्य छन् ।’

प्रधानमन्त्री ओलीले दीक्षान्त समारोहमा भाग लिएपछि प्रतिष्ठानको शैक्षिक भवनको उद्घाटनसमेत गरेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धानको क्षेत्रमा महत्त्वपूर्ण योगदान गरिरहेको प्रशासकीय अधिकृत अमृतबहादुर भण्डारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
क्याम्पसको लापरबाहीले रोकियो ४९ विद्यार्थीको नतिजा

  नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको सिद्धान्त क्याम्पसका विद्यार्थीको नतिजा क्याम्पसको लापरबाहीका

सामुदायिक विद्यालयका शिक्षकहरुलाई जाडो बिदामा क्षमता विकास तालिममा भाग लिन महानगरको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकाको शिक्षा विभागले जाडो बिदाका समयमा सामुदायिक विद्यालयहरुका शिक्षकहरुलाई क्षमता

केयुको उपकुलपतिका लागि आवेदन माग, दरखास्त दिन १० दिनको समय

काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि आवेदन माग गरिएको छ । उपकुलपति

आधुुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आधुुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको