नेपालगंजस्थित त्रिविको परीक्षा नियन्त्रण क्षेत्रीय कार्यालय कोहलपुरमा स्थानान्तरण



नेपालगंज । नेपालगंजस्थित महेन्द्र बहुमुखी क्याम्पसमा रहेको त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय कोहलपुरमा नवनिर्मित आफ्नै भवनमा स्थानान्तरण भएको छ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक केशरजङ्ग बरालले बिहीबार कार्यालयबाट सेवा प्रवाहको शुभारम्भ गरे। नयाँ भवन पाँच करोड ४८ लाख ८५ हजारको लागतमा निर्माण भएको हो।

बीस कोठाको यो भवनबाट तीन प्रदेशका दुई सय क्याम्पसलाई सहज सेवा उपलब्ध हुने उपकुलपति बरालले बताए।

त्यस अवसरमा कोहलपुरका नगरप्रमुख पूर्णप्रसाद आचार्यले सुदूरपश्चिम प्रदेशको सेवासमेत कोहलपुरबाट प्रवाह गर्न आग्रह गरे। उक्त कार्यालयका प्रमुख सुमन गौतमले उत्तरपुस्तिका परीक्षणका आवश्यक पूर्वाधार पनि भवनमा रहेका जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाढीले पुस्तक बगायो, स्कुल डुबायो पढ्ने कसरी ?

सर्लाही । गत शनिबार अविरल वर्षापछि गएको बाढीले सर्लाहीको रामनगर गाउँपालिका-२ ध्रुवा टोलका

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा ज्ञवाली नियुक्त

बागमती । बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. प्रदीप

बाढीले विद्यालय डुबेपछि विद्यार्थीलाई प्रतीक्षालयमा राखेर पठनपाठन

  दमौली (तनहुँ) । तनहुँको देवघाट गाउँपालिका–५ साडेबगरस्थित महादेव आधारभूत विद्यालयको भवन बाढीले

शिक्षा मन्त्रालयले एउटा निकायमा दुईवर्ष भन्दाबढी अवधि पुगेका कर्मचारीलाई सरुवा गर्ने

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कर्मचारीहरूको सरुवा तथा पदस्थापनका लागि विभिन्न