सुदूरपश्चिम विश्वविद्यालयद्वारा ३२ क्याम्पसलाई सम्बन्धन



 

कञ्चनपुर ।  सुदूरपश्चिम विश्वविद्यालयले ३२ क्याम्पसलाई सम्बन्धन दिएको छ । विसं २०७४ देखि सम्बन्धनका लागि आवेदन दिएर प्रक्रियामा रहेका दुई सयभन्दा बढी क्याम्पसमध्ये मापदण्ड पुगेका ३२ क्याम्पसलाई सम्बन्धन दिइएको विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले जानकारी दिए ।

ती क्याम्पसलाई बिबिए, एमबिए, सिभिल सिएसआइटीलगायतका कार्यक्रमका लागि अनुमति दिएको उनले बताए ।

सम्बन्ध पाउनेमा वेस्टर्न कलेज एण्ड रिसर्च सेन्टर प्रालि वीरेन्द्रनगर, सिद्धपाइला टेक्निकल कलेज वीरेन्द्रनगर, भेरी कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेन्ट नेपालगञ्ज, सगुन कलेज अफ म्यानेजमेन्ट नेपालगञ्ज, टेक्निकल रिसर्च फर ट्रेनिङ इन्स्टिच्युट नेपालगञ्ज छन् ।

यसैगरी वेष्टर्न कलेज अफ विजनेश स्टडिज कोहलपुर, गेरूवा बहुमुखी क्याम्पस बर्दिया, श्री ज्ञान ज्योति म्यानेजमेन्ट कलेज तुलसीपुर, वेष्टर्न एड्भान्स कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेन्ट गैँडाकोट,  फोर्ब्स कलेज भरतपुर, चितवन र गण्डकी एकेडेमी फाउण्डेशन प्रालि पोखरा छन् ।

यस्तै गण्डकी कलेज अफ साइन्स, म्यानेजमेन्ट एण्ड टेक्नोलोजी पोखरा, एसियन इन्स्टिच्युट  अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट स्कुल अफ इञ्जिनियरिङ सातदोबाटो ललितपुर, आर्केन कलेज ललितपुर, दयानन्द कलेज, जाउलाखेल,  काठमाडौँ वर्ल्ड स्कुल अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेन्ट सूर्यविनायक भक्तपुर, शिक्षालय कलेज शिवनगर लोकन्थली, रिलायबल कलेज मीनभवन, काठमाडौँ, आदिम कलेज काठमाडौँ, हिमालय कलेज काठमाडौँ, महर्षि कलेज नयाँबानेश्वर, एपेक्स म्यानेजमेन्ट कलेज वीरगञ्ज, वीरगञ्ज डेसिमल पब्लिक कलेज वीरगञ्ज, मिथिला इन्स्टिच्युट  अफ टेक्नोलोजी जनकपुरधाम,  इन्स्टिच्युट अफ विजनेस म्यानेजमेन्ट कलेज लाहान, प्रणिता कलेज अफ म्यानेजमेन्ट मिर्चैया सिराहा, बर्दिवास नवक्षितिज कलेज बर्दिवास, क्याम्ब्रिज विजनेस स्कुल वीरेन्द्रनगर, किस्टोन म्यानेजमेन्ट कलेज कोहलपुर, ज्ञानसुधा टेक्निकल कलेज रत्ननगर चितवन, ड्रिम्स कलेज भरतपुर र राघवेन्द्र गौरव बहुमुखी क्याम्पस कृष्णनगर कपिलवस्तुलाई सम्बन्धन दिइएको सूचना अधिकारी विष्टले जानकारी दिए ।

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा हेमराज पन्तले विसं २०७४ देखि  सम्बन्धनका लागि प्रक्रिया सुरू गरेका क्याम्पसमध्ये ३२ वटा क्याम्पसलाई मात्रै सम्बन्धन दिइएको बताए ।

‘सुदूरपश्चिममा रहेका १६ वटा आङ्गिक क्याम्पसलाई व्यवस्थित गर्ने र सुदूरपश्चिम बाहिर पनि विश्वविद्यालय क्षेत्र विस्तार तथा विकासका लागि सम्बन्धन दिएका हौँ’, उनले भने, “सम्बन्धित डिनहरूले दिएको अङ्कका आधारमा सबैभन्दा बढी पाउने क्याम्पसलाई सम्बन्धन दिएका छौँ ।’ उनले निजी तथा सरकारी क्याम्पसलाई सम्बन्धन दिएको बताए ।

विसं २०६७ मा स्थापना भएको विश्वविद्यालयका सुदूरपश्चिममा मात्र १६ वटा आङ्गिक क्याम्पस छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाल्पाका चार शैक्षिक संस्थामा अक्षयकोष स्थापना

पाल्पा । पाल्पाको रामपुर नगरपालिका-४, बाङ्गेपसलका स्वर्गीय झमन थापाको स्मृतिमा चार शैक्षिक संस्थामा

पाठ्यसामग्रीलाई भाषिक र चित्राङ्कनका दृष्टिले त्रुटिरहित बनाउन शिक्षामन्त्री भट्टराईको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले भट्टराइले एकीकृत पाठ्यक्रम परिमार्जनको

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ विद्यार्थी दीक्षित

जुम्ला । प्रधानमन्त्री केपी शर्मा ओलीले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ विद्यार्थीलाई

एउटै विद्यालयमा १२ वटा अक्षयकोष

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङमा सञ्चालित श्री माध्यमिक विद्यालय बाँसबोटेमा अक्षयकोषको