काठमाडौं महानगरले कक्षा ११ दिने छात्रवृत्तिका लागि ११ हजार विद्यार्थी सहभागी



काठमाडौँ । कक्षा ११ को छात्रवृत्ति प्रवेश परीक्षामा ९०.०२ प्रतिशत विद्यार्थी सहभागी भएका छन् । परीक्षार्थीमध्ये आचरण पालना नगर्ने २ जनाको परीक्षा रद्द गरिएको छ । शनिबार बिहान ८ बजेबाट थालिएको परीक्षाका लागि ३८ वटा केन्द्र तोकिएका थिए । नतिजा आइतबार प्रकाशन गर्ने तयारी गरिएको छ ।

शैक्षिक सत्र २०८१/८२ मा प्राप्त हुने ४ हजार ६२९ वटा छात्रवृत्ति कोटामध्ये ११ हजार ८७१ जना विद्यार्थीहले आवेदन दिएका थिए । उनीहरुमध्ये ११ हजार २८१ जनाको आवेदन स्वीकृत भएको थियो ।

प्रमुखको सचिवालय सल्लाहकार सस्मित पोखरेलकाअनुसार प्रमाणित भएका आवेदनमध्ये विज्ञान विषयका लागि ८ हजार ४९७, व्यवस्थापन विषयका लागि २ हजार ५८१, कानुन विषयका लागि १५३, मानविकी विषयका लागि १३ र शिक्षा विषयका लागि ३७ जना विद्यार्थीका छन् । छात्रवृत्ति प्राप्त गर्ने योग्यता देखिने कागजपत्र प्राप्त नभएका आवेदन अस्वीकृत भएका हुन् ।

पोखरेलका अनुसार परीक्षामा सहभागी भएका विद्यार्थीले प्रवेश परीक्षा प्राप्त गर्दा जुन विधि अपनाएका थिए, त्यही विधिबाट नतिजा हेर्न सक्ने व्यवस्था मिलाइएको छ । महानगरपालिकाले समग्र योग्यताको सूची पनि प्रकाशन गर्नेछ ।
परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित अनिवार्य गणित, विज्ञान, अंग्रेजी विषयबाट ३०÷३० प्रश्न र सामान्य ज्ञानबाट १० वटा प्रश्न सोधिएका थिए ।

छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई आवेदन दिन महानगरपालिकाले असार १५ गते विहान १० बजेबाट अनलाइन आवेदन फाराम खुला गरेको थियो । यस प्रणालीबाट असार २९ गते राती ११ बजेर ५९ मिनेटसम्ममा आवेदन लिइएको थियो ।

कुन विषयका लागि कति कोटा
यो वर्ष सबै भन्दा धेरै अर्थात् २४ सय ९३ जना विद्यार्थीले व्यवस्थापन विषयमा छात्रवृत्ति पाउनुहुनेछ । यस्तै १ हजार ७५२ जनाले विज्ञान विषयमा, १७३ जनाले मानविकी विषयमा, १३६ जनाले कानुन विषयमा र ७० जनाले शिक्षा विषयमा छात्रवृत्तिमा पाउनुहुनेछ ।

विद्यालयमा गएको वर्ष विद्यार्थी भर्नाको अनुपात, भौतिक क्षमतालगायत सूचकका आधारमा यस वर्षका लागि छात्रवृत्ति कोटा निर्धारण गरिएको हो ।

महानगरपालिका भित्रका शिक्षण संस्था
महानगरपालिका क्षेत्रभित्र ३९० वटा संस्थागत शिक्षण संस्था सञ्चालनमा छन् । जसमध्ये १०४ वटा विद्यालयमा विज्ञान विषय, १७० वटामा व्यवस्थापन, ४७ वटामा कानुन, १८ वटामा शिक्षा र ५१ वटा विद्यालयमा मानविकी विषय अध्यापन हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल विश्वविद्यालय विधेयकमाथि तल्लो सदनको संशोधनमा राष्ट्रियसभाको सहमति

काठमाडौँ । राष्ट्रियसभाले नेपाल विश्वविद्यालय विधेयक, २०७९ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति

चालु शैक्षिक सत्रमा पाठ्यपुस्तक बिक्रीमा कमी

  जनकपुरधाम । चालु शैक्षिक सत्र २०८१ मा जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक

छोरीबुहारीलाई उच्चशिक्षाको अवसर बन्दै बर्दिबास क्याम्पस

महोत्तरी । जुन कक्षामा छिरे पनि छात्रा नै भरिभराउ । लाग्छ, बर्दिबास–१४ स्थित

काठमाडौँ महानगरपालिकामा ९५ दशमलव पाँच प्रतिशत साक्षर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरको साक्षरता ९५ दशमलव पाँच प्रतिशत रहेको जनाएको छ