महेन्द्र मोरङ क्याम्पसको शैक्षिक सुधारका लागि परिषद्ले बुझायो सुझावपत्र



 

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको शैक्षिक सुधारका लागि सुझावपत्र सोमबार बुझाएको छ । सुझावपत्र परिषद्ले क्याम्पस प्रमुख डा रामावतार शरणलाई सुझावपत्र बुझाएको हो ।

क्याम्पसको शैक्षिक, प्रशासनिक तथा वातावरणको समग्र सुधारका लागि विभिन्न माग तथा सुझाव क्याम्पस प्रमुखलाई बुझाएको क्याम्पस संयोजक सरोज यादवले जानकारी दिए ।

व्यवस्थापन, शिक्षा, विज्ञान, कला सङ्कायमा आन्तरिक परीक्षा सञ्चालन गर्नुपर्ने, विद्यार्थीले भर्ने अध्ययन शुल्कको सदुपयोग गर्दै एउटा कक्षा कोठामा दुईवटा पङ्खा, प्रत्येक कक्षाकोठामा गुणस्तरीय प्रोजेक्टरको व्यवस्था, कक्षाकोठा तथा शौचालयको दैनिक रूपमा सरसफाइ, पानी ट्याङ्कीको सरसफाइ, शुद्ध पिउने पानी तथा क्याम्पस परिसरको नियमित सरसफाइ तथा व्यवस्थापन गर्नुपर्ने परिषद्को माग छ ।

यसैगरी, सङ्कायअनुसारका पुस्तकालयकक्षको निर्माण गर्दै पुस्तकालयमा परिमार्जित पाठ्यक्रमअनुसारका पुस्तकहरूको उपलब्धताका साथै थप सहज पहुँचका लागि ई–लाइब्रेरीको परिकल्पनालाई अगाडि बढाउँदै व्यवस्थित गर्नुपर्ने, छात्रवृत्ति वितरणमा भइरहेको दलीय भागबन्डा तथा नातावाद कृपावादको अन्त्य गर्दै स्वच्छ प्रतिस्पर्धाका आधारमा वैज्ञानिक मापदण्ड निर्माण गर्दै छात्रवृत्ति वितरण गर्नुपर्ने मागमा उल्लेख गरिएको छ ।

विज्ञान प्रयोगशाला प्रभावकारी बनाउन, विज्ञान प्रदर्शनी तथा आविष्कार केन्द्रजस्ता विषयमा क्याम्पस प्रशासनको ध्यान जानुपर्ने, भर्ना, रजिष्ट्रेसन, प्रमाणपत्र, लब्धाङ्कपत्र आदिको प्राप्तिका लागि अनलाइन पद्धतिको विकास गर्दै छिटो र तुरुन्त प्रशासनिक सेवासुविधा उपलब्ध हुने नीति एवं वातावरण निर्माण गर्नुपर्ने, प्रत्येक वर्ष क्याम्पसको आयव्यय विवरण सरल भाषामा सार्वजनिक गर्नुपर्ने परिषद्को माग छ ।

यस्तै, वर्षामा पानी चुहिने समस्याको समाधान गर्नुपर्ने, विद्यार्थीको क्षमता अभिवृद्धिका लागि आन्तरिक मूल्याङ्कन पद्धतिको विकास गर्न, प्रत्येक वर्ष शैक्षिक भ्रमण एवं सङ्कायअनुसार अध्ययन एवं अनुसन्धानका लागि अध्ययन भ्रमणको व्यवस्था गर्नुपर्ने क्याम्पस प्रमुखलाई बुझाएको माग एवं सुझावपत्रमा उल्लेख गरिएको छ ।

यस्तै प्रत्येक छ÷छ महिनामा प्राज्ञिक एवं खोज तथा अनुसन्धानमूलक जर्नल प्रकाशित गरिनुपर्ने, क्याम्पसका भौतिक संरचना तोडफोड गर्ने, प्राध्यापक, विद्यार्थी तथा कर्मचारीमाथि दुव्र्यवहार जस्ता अमर्यादित एवं आपराधिक क्रियाकलापको अन्त्यका लागि आवश्यक नीति निर्माण गर्नुपर्ने, छात्रावासको सञ्चालनको प्रक्रियालाई अगाडि बढाउनुपर्ने उल्लेख गरिएको छ ।

विगत केही दिनदेखि पूर्वक्षेत्रको सबैभन्दा ठूला महेन्द्र आदर्श बहुमुखी क्याम्पस विराटनगर राजनीतिकले जडो गाड्दा शैक्षिक तथा प्रशासनिक क्षेत्रमा देखिको विकृति अन्त्य गर्न यो मागले केही हदसम्म समाप्त गर्न सकिने परिषद्को ठहर छ ।

यसैगरी, फरक क्षमता भएका विद्यार्थीको पठनपाठनमा सहजताका लागि सोही अनुसारको भौतिक संरचना निर्माणका लागि पहल गर्न र फरक क्षमता भएका विद्यार्थीको पठनपाठनमा सहायताका लागि सहयता समिति तथा कोष निर्माण गर्नुपर्ने र सेनिटरी प्याडको उचित एवम् प्रभावकारी व्यवस्थापन गर्नुपर्ने परिषद् महेन्द्र मोरङ इकाइ समितिको माग छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाल्पाका चार शैक्षिक संस्थामा अक्षयकोष स्थापना

पाल्पा । पाल्पाको रामपुर नगरपालिका-४, बाङ्गेपसलका स्वर्गीय झमन थापाको स्मृतिमा चार शैक्षिक संस्थामा

पाठ्यसामग्रीलाई भाषिक र चित्राङ्कनका दृष्टिले त्रुटिरहित बनाउन शिक्षामन्त्री भट्टराईको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले भट्टराइले एकीकृत पाठ्यक्रम परिमार्जनको

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ विद्यार्थी दीक्षित

जुम्ला । प्रधानमन्त्री केपी शर्मा ओलीले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ विद्यार्थीलाई

एउटै विद्यालयमा १२ वटा अक्षयकोष

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङमा सञ्चालित श्री माध्यमिक विद्यालय बाँसबोटेमा अक्षयकोषको