लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा आचार्य तेस्रो कार्यकालका लागि नियुक्त



काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राध्यापक डा. तिलकराम आचार्य तेस्रो कार्यकालका लागि नियुक्त भएका छन् ।

विश्वविद्यालयले रजिष्ट्रार नियुक्तिका लागि गत चैतमा खुला प्रतिस्पर्धा गराएको थियो । प्रतिस्पर्धाबाट पहिलो नम्बरमा सिफारिस भएका आचार्यलाई उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले रजिष्ट्रार नियुक्तिका लागि कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष सिफारिस गरेका थिए ।

प्रधानमन्त्री दाहालले आचार्यलाई शुक्रबार बिहान नियुक्ति पत्र प्रदान गरेका छन् । रजिष्ट्रार छनोटका लागि राष्ट्रिय योजना आयोगका सदस्य डा. रमेश पौडेलको अध्यक्षतामा मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. उपेन्द्र कोइराला र प्रा. डा. पुष्कर बज्राचार्य सदस्य रहेको समिति बनाइएको थियो । सोही समितिले ९ जना मध्येबाट आचार्यलाई सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संस्कृत विश्वविद्यालयकाे ताला तीन महिनापछि खुल्याे

दाङ । दाङको बेलझुन्डीमा रहेको नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालयमा लागेको ताला खुलेको

किन कलेजलाई ब्यारेक जस्तो बनाएर विद्यार्थीलाई कार्यकर्ता बनाउनुहुन्छ ?

सुमना श्रेष्ठ कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थी साथीहरू मलाई निरन्तर फोन/इमेल गरिरहनुभएको

शैक्षिक परामर्शदातृ संस्थाले तीन शर्त मान्नु पर्ने, मन्त्रालयले दियो यस्तो निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्शदातृ संस्थालाई शर्त पालना गर्न

बहिरा विद्यार्थीको भविष्य कोर्दै बहिरा शिक्षिका गौतम

जलेश्वर । आफू सुस्त श्रवण (बहिरा) भएकाले त्यसको पीडा भोग्दै आएकी सुधा गौतमले