विश्वविद्यालय सुधारका लागि छाता ऐन ल्याउन सुझाव



काठमाडौँ । विश्वविद्यालय सुधारका लागि छाता ऐन ल्याउनुपर्नेमा जोड दिइएको छ । अनेरास्ववियुको आयोजनामा भृकुटीमण्डपमा जारी विद्यार्थी महोत्सवको ‘विश्वविद्यालय सुधार किन र कसरी’ भन्ने बहसका वक्ताहरूले विश्वविद्यालय सुधारका लागि समग्र विश्वविद्यालयका लागि एकै छाता ऐन ल्याउनुपर्ने बताए ।

बहसमा सहभागी भएका सांसद विद्या भट्टराईले राजनीतिक कारणले विश्वविद्याल नबिग्रेको उल्लेख गर्दै छाता ऐन ल्याउन सके विश्वविद्यालय सुध्रने बताइन् ।

“विश्वविद्यालय नसुध्रिनुको कारण राजनीतिक हो भन्ने कुरा गलत भाष्य निर्माण गरिएको छ”, उनले भनिन्, “विश्वविद्यालय सुर्धान सोच बदल्नुपर्दछ । समग्र छाता ऐन ल्याएर विश्वविद्यालय सुधार गर्न सकिन्छ ।”

गण्डकी विश्वविद्यालयका कुलपति प्रा डा गणेशमान गुरुङले विश्वविद्यालयमा शैक्षिक क्यालेण्डर लागू गर्न सके सुधार गर्न सकिने धारणा राखे । उनले सरकारले अनुसन्धानलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

शिक्षाविद् डा अनिमा सिंहले विश्वविद्यालयलाई जीवनोपयोगी शिक्षाको थलो बनाउनुपर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा इन्जिनियरिङको इतिहास गर्विलो छः पूर्वराष्ट्रपति भण्डारी

  धरान  । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रविधिलाई आधार बनाउँदै अगाडि बढ्नु आजको आवश्यकता

छिट्टै शिक्षा विधेयक ल्याउने तयारी भइरहेको छः शिक्षामन्त्री भट्टराई

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकमा गुणस्तरीय शिक्षाको आवश्यकता रहेको

नेपाल शिक्षक महासंघद्वारा आन्दोलन घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघले हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गर्न माग

एचपीभी खोप सेवा सञ्चालनमा विद्यालयको महत्त्वपूर्ण भूमिका : शिक्षामन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले किशोरीलाई लगाउन थालिएको पाठेघरको मुखको