जब शिक्षक पात र सिन्का बोकेर  कक्षाकोठामा पस्नुभयो !



 

बलेवा । सधैँजसो कक्षा आरम्भ हुँदा हातमा हाजिर कपी र पठनपाठनका सामग्री बोकेर कक्षाकोठा प्रवेश गर्ने शिक्षिका सुशीला श्रेष्ठ सोमबार सालका पात र बाँसका सिन्का बोकेर पसिन् । न्यू एभरेष्ट एकेडेमीको नर्सरी कक्षाकी कक्षा शिक्षक श्रेष्ठ सोमबार कक्षा ७ मा प्रवेश गरिन् । उनीसँगै अन्य शिक्षिका पनि साथमै थिइन् ।

सधैँजसो दिनभर कपी र किताब बेञ्चमा फिँजाएर कलम समाउने गरेका विद्यार्थी पनि सोमबार फरक भूमिकामा देखिए । सबै विद्यार्थी कक्षा कोठाको भूइँमा बसे । उनीहरुका अघि सालका पात र बाँसका सिन्का थिए । बागलुङ नगरपालिका–१ रामरेखामा रहेको न्यू एभरेष्ट एकेडेमीले उनीहरुलाई व्यावहारिक सीप सिकाउने प्रयास गर्दै थियो ।

विद्यालयले विद्यार्थीलाई दुनाटपरी निर्माण गर्न सिकाएको हो । सरकारले सार्वजनिक बिदा दिए पनि विद्यार्थीलाई जीवनोपयोगी सीप तथा व्यावहारिक शिक्षा दिन ग्याल्पो ल्होसारको अवसरमा दुनाटपरी गाँस्न सिकाइएको विद्यालयका प्रधानाध्यापक कृष्ण अधिकारीले बताए ।

शिक्षिकाहरुको बीचमा बसेर पात गाँस्दै गरेकी कक्षा १० मा अध्ययनरत पूजा सापकोटा र कक्षा ९ कि रोशनी जिसीले पूजाआजा र अनुष्ठानमा चाहिने दुनाटपरी गाँस्न सक्ने भएको बताइन् ।

विद्यार्थीलाई आवश्यक पर्ने ज्ञान, सीप र सांस्कृतिक पहिचान झल्किने कार्यक्रमले उनीहरुलाई सामाजिक बन्न प्रेरित गराउनुका साथै सकारात्मक सोचको विकास गराउने शिक्षिकाको ठम्याइ छ । संस्कृति, परम्पराको जर्गेना गर्दै सीप सिकाउने उद्देश्यले विद्यालय उमेरका बालबालिकालाई मौलिक कार्यक्रमको आयोजना गरिएको शिक्षिका जुना हमालले बताइन् ।

“विद्यालयले पात र सिन्का उपलब्ध गराएको छ । अनुभवी शिक्षिकाले सहजीकरण गर्नुभएको छ । विद्यार्थीहरु सिक्न निकै उत्साहित छन्”, प्रधानाध्यापक अधिकारीले भने, “हरेक घरमा हुने पूजाआजालगायत धार्मिक काममा दुनाटपरीको खाँचो पर्दछ । अहिलेका नयाँ पुस्तालाई यस्ता ज्ञान सिकाउन सके हाम्रा मौलिक संस्कार र संस्कृति हराउँदै जाने खतरा हुँदैन ।”

व्यवहारिक सीप विकासका लागि पहिलो चरणमा दुनाटपरी बनाउन सिकाएको भन्दै हागामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए । कपासका बत्ती कात्न, चोया काढ्न, बाँसबाट तयार हुने सामग्री निर्माण गर्न सिकाउने र क्रमशः प्रतियोगिताका रुपमा सञ्चालन गरी विद्यार्थीलाई आत्मनिर्भर बनाउने लक्ष्य रहेको अधिकारीले जानकारी दिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा इन्जिनियरिङको इतिहास गर्विलो छः पूर्वराष्ट्रपति भण्डारी

  धरान  । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रविधिलाई आधार बनाउँदै अगाडि बढ्नु आजको आवश्यकता

छिट्टै शिक्षा विधेयक ल्याउने तयारी भइरहेको छः शिक्षामन्त्री भट्टराई

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकमा गुणस्तरीय शिक्षाको आवश्यकता रहेको

नेपाल शिक्षक महासंघद्वारा आन्दोलन घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघले हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गर्न माग

एचपीभी खोप सेवा सञ्चालनमा विद्यालयको महत्त्वपूर्ण भूमिका : शिक्षामन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले किशोरीलाई लगाउन थालिएको पाठेघरको मुखको