पोखरा विश्वविद्यालय र गोरखपुर विश्वविद्यालयबीच सम्झौता



गण्डकी । पोखरा विश्वविद्यालय र दिनदयाल उपाध्याय गोरखपुर विश्वविद्यालयबीच एकापसमा शैक्षिक एवं अनुसन्धान सम्बन्ध स्थापित गर्ने मूल उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

बुधबार पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालय, ढुङ्गेपाटन, कास्कीमा आयोजित कार्यक्रममा पोखरा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा प्रेमनारायण अर्याल र दिनदयाल उपाध्याय गोरखपुर विश्वविद्यालय, गोरखपुर, उत्तरप्रदेश, भारतका उपकुलपति प्रा पुनम टण्डनले हस्ताक्षर गरेका छन् ।

समझदारीसँगै दुबै संस्थालाई शैक्षिक र अनुसन्धान सम्बन्ध स्थापित गर्नुका साथै संयुक्त अनुसन्धान तथा सम्मेलनलगायत अन्य शैक्षिक सहकार्यको दिशामा अगाडि बढ्न बाटो खुलेको छ ।

समझादारीपछि दुई विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीबीच शैक्षिक, व्यावसायिक र सांस्कृतिक गतिविधिलाई सहयोग गरी अन्तर्राष्ट्रिय सम्झौता, बौद्धिक सहयोग, सांस्कृतिक अन्तक्र्रिया र मित्रता प्रवद्र्धन गर्न सहयोग पुग्ने जनाइएको छ । साथै कुनै पनि कार्यक्रम दुवैतर्फ बाञ्छनीय र सम्भाव्य महसुस भएमा एकापसमा प्रस्ताव गरी दुवै पक्षले आयोजना गर्न सक्ने छन् ।

कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्याल, दिनदयाल उपाध्याय गोरखपुर विश्वविद्यालयका उपकुलपति प्रा पुनम टण्डन र अन्तर्राष्ट्रिय सेलका निर्देशक डा रामवन्त गुप्ता एवं पोखरा विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक डा उमेशसिंह यादवले आ–आफ्नो संस्थाको परिचयसहित शैक्षिक एवं अनुसन्धान क्रियाकलापलाई कसरी प्रगाढ र सुदृढ गर्न सकिन्छ भन्ने विषयमा आ आफ्ना धारणा राखेका थिए । समारोहमा पोखरा विश्वविद्यालयका रजिष्ट्रार प्रा डा दीपकबहादुर भण्डारीलगायत सङ्कायका डीनहरू एवं विभिन्न निकायका प्रमुखको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा इन्जिनियरिङको इतिहास गर्विलो छः पूर्वराष्ट्रपति भण्डारी

  धरान  । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रविधिलाई आधार बनाउँदै अगाडि बढ्नु आजको आवश्यकता

छिट्टै शिक्षा विधेयक ल्याउने तयारी भइरहेको छः शिक्षामन्त्री भट्टराई

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकमा गुणस्तरीय शिक्षाको आवश्यकता रहेको

नेपाल शिक्षक महासंघद्वारा आन्दोलन घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघले हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गर्न माग

एचपीभी खोप सेवा सञ्चालनमा विद्यालयको महत्त्वपूर्ण भूमिका : शिक्षामन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले किशोरीलाई लगाउन थालिएको पाठेघरको मुखको