शिक्षा विधेयकमाथि समिति र शिक्षक महासङ्घीबीच छलफल



काठमाडौं । संसदको शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक, २०८० बारे छलफल भएको छ । समिति र नेपाल शिक्षक महासङ्घबीच बुधबार छलफल भएको हो ।

समितिले आजदेखि महासङ्घ तथा आवद्ध घटक संस्थासँग सुझाव लिन थालेको हो । आजको बैठकमा महासङ्घका अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदीलगायतले यही असोज ५ गते नेपाल शिक्षक महासङ्घ र असोज १२ गते राहत शिक्षक केन्द्रीय समितिसमेतसँग भएका सहमतिका बुँदालाई समावेश गर्ने तथा छुटेका थप विषयलाई विशेष ध्यान दिन आग्रह गरे ।

उनीहरुले स्थानीय तहबाट शिक्षक नियुक्तिको प्रस्ताव हटाउनेलगायत ६१ बुँदे थप माग प्रस्तुत गर्दै शिक्षकको ट्रेड युनियन अधिकारको रक्षाका साथै राजनीतिक आस्थाका आधारमा विभेद गर्न नहुनेमा जोड दिए ।

समितिका सभापति भानुभक्त जोशीले शिक्षक र विद्यालय कर्मचारीका अन्य संस्थासँग थप सुझाव लिने क्रम आगामी बैठकमा जारी रहने जानकारी दिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले स्थानीय तहले शिक्षकलाई कारबाही र गैरकानुनी सरुवा नगरेको स्पष्ट गर्दै केन्द्रबाट आवश्यक सहजीकरण हुने स्पष्ट गरे ।

प्रतिनिधिसभामा गत असोज २१ गते सैद्धान्तिक छलफलपछि दफाबार संशोधनका लागि विधेयक समितिमा गएको हो । सरकारले संसदमा विधेयक दर्ता गरेपछि महासङ्घले काठमाडौँ केन्द्रित आन्दोलन गरेपछि गत असोज ५ र १० गते भएको वार्तामा विभिन्न बुँदामा संशोधनका लागि सहजीकरण गर्ने सहमति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा इन्जिनियरिङको इतिहास गर्विलो छः पूर्वराष्ट्रपति भण्डारी

  धरान  । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रविधिलाई आधार बनाउँदै अगाडि बढ्नु आजको आवश्यकता

छिट्टै शिक्षा विधेयक ल्याउने तयारी भइरहेको छः शिक्षामन्त्री भट्टराई

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकमा गुणस्तरीय शिक्षाको आवश्यकता रहेको

नेपाल शिक्षक महासंघद्वारा आन्दोलन घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघले हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गर्न माग

एचपीभी खोप सेवा सञ्चालनमा विद्यालयको महत्त्वपूर्ण भूमिका : शिक्षामन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले किशोरीलाई लगाउन थालिएको पाठेघरको मुखको