शिक्षा र खेलकुद एक सिक्काका दुई पाटाः राष्ट्रपति पौडेल



 

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले कक्षाकोठाको शिक्षाले विद्यार्थीको आँखा र मस्तिष्क खुलाउने र खेलकुदले मस्तिष्क, हातखुट्टा एवं मनलाई क्रियाशील तथा अनुशासित बनाउने बताएका छन् ।

काठमाडौँ महानगरपालिकाद्वारा मंगलबार आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने, “अतिरिक्त क्रियाकलाप र खेलकुद शिक्षालाई पूर्ण बनाउने र विद्यार्थीमा सीप, ज्ञान, सामाजिक मूल्यको आर्जन र कार्य तत्परता विकास गर्ने खुला मैदान हुन् ।”

राष्ट्रपति पौडेलले शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा भएको भन्दै शिक्षण सिकाइ विद्यार्थीका लागि शरीरमा मुटुजस्तै र शिक्षण सिकाइमा खेलकुदको समाविष्टता स्वनिर्भरता र सशक्तीकरणको प्राण भएको बताए ।

उनले भने, “खेलकुदकै माध्यमले युवा विद्यार्थीले आफ्नो आत्मविश्वास, सकारात्मक अनुभूति र प्रतिभाको विकास गर्न सक्छन् । खेलकुद क्षेत्रको विकासका लागि सङ्घ, प्रदेश र स्थानीय तीन तहबाट यसमा यथेष्ट प्रयत्न होऊन् भनेर म सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु ।”

राष्ट्रपति पौडेलले पुस्तक र विद्यालयको सीमाको सिकाइले मात्र विद्यार्थीलाई पूर्ण बनाउन नसक्ने भन्दै यसका लागि परिवार, समाज र परिवेश समावेश हुने, खुला गरेर सिक्ने तथा गरिखाने पुस्तकविहीन शिक्षा आवश्यक रहेको बताए ।

विद्यार्थी शिक्षामा निरन्तर अग्रसर हुँदा उनीहरूमा नयाँ विचार र नवप्रवर्तन क्षमता पनि विकास हुने उनले स्पष्ट पारे । उनले भने, “खेलकुदले युवालाई शारीरिक रूपमा स्वस्थ र कामका लागि तयार बनाउँछ । यो उनीहरूलाई ऊर्जा, सजीवता र सामथ्र्य दिने माध्यम तथा स्वास्थ्य ठीक राखी शिक्षामा अग्रसर हुने र आफ्नो जीवनमार्गमा सफल बनाउने कारक पनि हो ।”

राष्ट्रपति पौडेलले खेलकुदले सामाजिक जीवनलाई समृद्धिपूर्ण बनाई सांस्कृतिक अनुभूति प्रदान गर्ने उल्लेख गर्दै खेलकुदमा भाग लिने विद्यार्थी एकअर्काप्रति सहयोगी भई सामूहिक प्रयत्न र सामाजिक भावनातर्फ अग्रसर हुनसक्ने बताए ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले खेलकुद शारीरिक र मानसिक रुपमा सशक्त बनाउने माध्यम भएकाले विद्यार्थीमा त्यस किसिमको विकास हुन आवश्यक रहेको विचार व्यक्त गरे ।

महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले राष्ट्रिनिर्माण र विकासमा खेलाडीको भूमिका प्रभावकारी र सक्षम हुनपर्ने भएकाले स्थानीय, प्रदेश र सङ्घस्तरीय नै  विभिन्न खेल प्रतियोगिताको आवश्यकता रहेको बताइन् । खेलाडीको उत्पादनमा विकास होस् भन्ने आशाले महानगरपलिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरेको उनले बताइन् ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, कबडी, तेक्वान्दो, एथलेटिक्स, कराते र उसु गरी छ विधामा प्रतिस्पर्धा हुने उपप्रमुख डङ्गोलले जानकारी दिइन् । प्रतियोगितामा ८३ विद्यालयका तीन हजार दुई सय ५० विद्यार्थीले भाग लिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
समाजवाद निर्माणको समय तोकेर जिम्मेवारी दिइयोस्, म पूरा गर्छुः वामदेव गौतम

काठमाडौँ । राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले अध्यादेश जारी गर्दा सरकारले प्रतिपक्षलाई पनि

राष्ट्रियसभाका सांसद भट्ट बैठक चलिरहेका बेला एक्कासी बिरामी परेपछि..

  काठमाडौँ । राष्ट्रियसभा सदस्य नारायणदत्त भट्ट सभा सञ्चलान भइरहेका बेला अस्वस्थ भएका

जिसस म्याग्दीका प्रमुख पक्राउ

म्याग्दी । सहकारीको रकम ठगीको आरोपमा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा

बौधीमाई नगरपालिकाका मेयरद्वारा प्रभु साहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

रौतहट । आम जनता पार्टीका अध्यक्ष प्रभु साहविरुद्ध रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा