काठमाडौं विश्वविद्यालयमा चिकित्सातर्फ विराट मेडिकल कलेजका सनम र संस्कृति उत्कृष्ट



काठमाडौं । काठमाडौं विश्वविद्यालयको चिकित्सातर्फ विराट मेडिकल कलेज विराटनगरका सनम ढकाल र संस्कृतिश्री कोइरालाले गोल्ड मेडल हासिल गरेका छन्।

उनीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार दीक्षान्त समारोमा मेडल प्रदान गरेका हुन् । ढकालले चिकित्सातर्फको आफ्नो आकर्षण र इच्छाशक्तिले सफलता दिलाएको प्रतिक्रिया दिएका छन्।

आफू झन्डै १० वर्षअघि चिकित्सा क्षेत्रमा रहेको मान, सम्मान, प्रतिष्ठाका कारण आकर्षित भएको उनले बताए । यसैगरी छात्रातर्फकी गोल्ड मेडलिस्ट संस्कृति आफू बुझ्ने भएदेखि नै चिकित्सा पेशाप्रति आकर्षित भएको बताउँछिन्।

आफूले त्यसबाहेकको पेशा परिकल्पना नै नगरेर लागिपरेकाले सफलता प्राप्त भएको उनले बताइन्। आमा रत्न कोइराला विराट मेडिकल कलेजकी बोर्ड अफ डाइरेक्टर भएकाले आफूलाई चिकित्सालाई सानैदेखि नजिकबाट नियाल्न पाएको उल्लेख गरिन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयकसम्बन्धी प्रतिवेदन राष्ट्रियसभामा पेस

  काठमाडौँ । राष्ट्रियसभाको आइतबारको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको

नेपालमा इन्जिनियरिङको इतिहास गर्विलो छः पूर्वराष्ट्रपति भण्डारी

  धरान  । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रविधिलाई आधार बनाउँदै अगाडि बढ्नु आजको आवश्यकता

छिट्टै शिक्षा विधेयक ल्याउने तयारी भइरहेको छः शिक्षामन्त्री भट्टराई

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकमा गुणस्तरीय शिक्षाको आवश्यकता रहेको

नेपाल शिक्षक महासंघद्वारा आन्दोलन घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघले हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गर्न माग