काठमाडौंमा फरक क्षमताका बालबालिका लक्षित विद्यालय सञ्चालन हुने



 

काठमाडौँ । सैनिक श्रीमती सङ्घको सक्रियतामा निकट भविष्यमा काठमाडौँमा फरक क्षमताका बालबालिका लक्षित विद्यालय सञ्चालन हुने भएको छ ।

सैनिक श्रीमती सङ्घको ४०औँ वार्षिकोत्सवका अवसरमा जङ्गी अड्डामा आइतबार आयोजित कार्यक्रममा यसबारे जानकारी दिइएको हो । त्यस अवसरमा प्रधानसेनापति प्रभुराम शर्माले सङ्घको वार्षिक मुखपत्र ‘सेवा सुमन’को विमोचन गरे ।

प्रधानसेनापतिले मुखपत्रमा उत्कृष्ट लेखरचनाका सर्जक तथा मूल्याङ्कन समितिका सदस्यहरूलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गरे ।

सङ्घले यस वर्ष बाल दिवसको उपलक्ष्यमा आयोजना गरेको अन्तरसैनिक महाविद्यालय चित्रकला, कविता तथा निबन्ध प्रतियोगिताका उत्कृष्ट छात्रछात्रा एवं प्रतियोगिताहरूका मूल्याङ्कन समितिका सदस्यहरूलाई पनि प्रधानसेनापतिले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

सोही अवसरमा प्रधानसेनापतिले सङ्घले हरेक वर्ष सैनिक महाविद्यालयहरूमा अध्ययनरत जेहेन्दार छात्रछात्राहरूलाई उपलब्ध गराउने विभिन्न प्रकारका छात्रवृत्ति प्रदान गरे । त्यसैगरी, उनले नेपाली सेनाका फरक क्षमता भएका बालबालिकाहरूलाई लक्षित गरी सञ्चालन गर्न लागिएको फरक क्षमता दिवा विद्यालय सञ्चालनार्थ विविध सहयोग पुर्याउने सङ्घसंस्थाहरूलाई कदरस्वरूप उपहार प्रदान गरे ।

कार्यक्रममा बलाध्यक्ष रथी सीताराम खड्का, रथीवृन्द, सङ्घका पदाधिकारीहरू, सैनिक  महाविद्यालयहरूका प्राध्यापक, छात्रछात्राहरूलगायत अधिकृत, पदिक तथा अन्य दर्जाको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कमजोर शिक्षा नीतिको असर सबै क्षेत्रमा देखिइरहेको  छः अध्यक्ष बिजुक्छे

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशको कमजोर शिक्षा नीतिको

सबैको सुझावलाई समेटेर विद्यालय शिक्षा विधेयक अघि बढाउँछुः शिक्षामन्त्री भट्टराई

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सरोकारवाला विज्ञहरुको सुझावका आधारमा मात्रै ‘विद्यालय

माछापुच्छ्रे गाउँपालिकाले ३८ विद्यालयमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्ने

कास्की । माछापुच्छ्रे गाउँपालिकाले ३८ सरकारी विद्यालयमा प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापक चयन गरी नियुक्तिको

शिक्षा मन्त्रालयद्वारा पूर्वमन्त्री महतोले ५ हजार घुस दिएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौँ । शिक्षा मन्त्रालयले पूर्वमन्त्रीले ५ हजार घुस दिएको विषयमा छानबिन गर्न समिति