‘एलए एजुकेशन ग्रुप’ले भूकम्पमा अभिभावक गुमाएका बालबालिकालाई निःशुल्क पढाउने
काठमाडौं । ‘एलए एजुकेशन ग्रुप’ले भूकम्पमा आमा बाबु दुवै गुमाएका बालबालिकालाई उच्च माध्यमिक तहसम्म निःशुल्क अध्यापन गराउने भएको छ । जाजरकोट र रुकुम पश्चिमका १० बालबालिकालाई २ करोड रुपैयाँको छात्रावृत्ति उपलब्ध गराउने निर्णय संस्थाले गरेको हो ।
एलए एजुकेसन ग्रुपका संस्थापकद्वय उमेश श्रेष्ठ र विद्या लिम्बूले जाजरकोट र रूकुम पश्चिमका विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गर्ने भएका हुन् ।
श्रेष्ठले भनेका छन्, ‘विपत्तिमा आमाबाबु दुवैजना गुमाएका १० जना बालबालिकाका लागि उच्च माध्यमिक तहसम्म एलए ग्रुप अन्तर्गतका शिक्षण संस्थाबाट आवासीय सुविधासहितको निःशुल्क शिक्षा प्रदान गर्न न्यूनतम २ करोड रुपैयाँको छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरेका छौँ ।’