तिलोत्तमा नगरपालिकामा शुक्रबार विद्यार्थीले पुस्तक बोक्नै नपर्ने



रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा हरेक शुक्रबार ‘पाठ्य पुस्तकरहित सिर्जनशील शुक्रबार’ कार्यक्रम लागू गरेको छ ।

सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा प्रत्येक शुक्रबार ‘पाठ्य पुस्तकरहित सिर्जनशील शुक्रबार’ कार्यक्रम सञ्चालन गरिने भएकाले नगरभित्रका विद्यार्थीले हरेक शुक्रबार पाठ्यपुस्तक बोक्नु नपर्ने भएको छ ।

पाठ्यपुस्तकरहित शुक्रबारअन्तर्गत नगर क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयलाई उच्च प्राथमिकता साथ अगाडि बढाउन प्रत्येक शुक्रबार कला, योग शिक्षा, साहित्य, सङ्गीत र खेलकुदका साथै सिर्जनात्मकरूपमा इमान्दारिता, अनुशासन, सदाचारितासम्बन्धी व्यवहारिक शिक्षा प्रदान गराउन नगरपालिकाले जोड दिएको हो ।

नगरपालिकाको आर्थिक बर्ष २०८०/८१ का लागि प्रस्तुत एवं स्वीकृत गरिएको वार्षिक नीति तथा कार्यक्रममा पाठ्यपुस्तकरहित सिर्जनशील शुक्रबारलाई नगर क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा प्रत्येक शुक्रबार पाठ्यपुस्तकरहित सिर्जनात्मक सीप विकास कार्यक्रम सञ्चालन गरिने उल्लेख थियो ।

यस्तै नगरपालिकाले सार्वजनिकस्थल तथा विद्यालय आसपास क्षेत्रमा सुर्तीजन्य पदार्थ बिक्री वितरण एवं सेवनमा रोक लगाएको छ । नगर प्रमुख रामकृष्ण खाँणले जारी गर्नुभएकोे सूचनामा सार्वजनिकस्थल वरपर सुर्तीजन्य पदार्थ बिक्री वितरण गरेको पाइए कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।

“सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ को व्यवस्थाबमोजिम कसैले पनि शिक्षण संस्था, स्वास्थ्यसम्बन्धी संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय, धर्मशाला तथा धार्मिकस्थललगायत सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिकस्थलबाट कम्तीमा सय मिटरभित्रको घर वा पसलबाट सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने व्यवस्था छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सामुदायिक विद्यालयका चारसय विद्यार्थीलाइ पोसाक वितरण

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका सामुदायिक विद्यालयका विद्यार्थीलाई पोसाक वितरण गरिएको छ ।

वैदेशिक अध्ययन गर्न जाँदा ६ महिनामा विद्यार्थीले लगे ५६ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा नेपाली विद्यार्थी अध्ययनका लागि विदेश जाँदा

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयकसम्बन्धी प्रतिवेदन राष्ट्रियसभामा पेस

  काठमाडौँ । राष्ट्रियसभाको आइतबारको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको

नेपालमा इन्जिनियरिङको इतिहास गर्विलो छः पूर्वराष्ट्रपति भण्डारी

  धरान  । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रविधिलाई आधार बनाउँदै अगाडि बढ्नु आजको आवश्यकता