५०४ मध्ये ४६५ निजी विद्यालयले महानगरमा बुझाए छात्रवृत्ति विवरण



काठमाडौँ । काठमाडौँ महानगर क्षेत्रभित्रका ५०४ वटा निजी विद्यालयमध्ये ४६५ वटाले छात्रवृत्ति विवरण बुझाएका छन् । निजी विद्यालयहरुले विवरण बुझाएको महानगरको इतिहासमा यो पहिलो पटक हो । विवरण नबुझाउँदा लक्षित वर्गका विद्यार्थीहरुले कानुनले तोकेको छात्रवृत्ति सम्बन्धी सुविधा प्राप्त गरे नगरेको भन्न कठिन थियो ।

सार्वजनिक सूचनामार्फत विवरण माग गरिएपछि विवरण प्राप्त भयो । त्यसबाट लक्षित वर्गका १३ हजार जनाभन्दा बढी विद्यार्थीहरूले छात्रवृत्ति प्राप्त गरेका छन् । महानगरपालिकाका प्रमुख बालेन साहले प्राप्त विवरणमाथि निरीक्षण गरी यस सम्बन्धी सूची प्रकाशित गरिने बताए ।

उनले भने,‘हालसम्म विवरण नपठाएका विद्यालयहरूलाई १ लाख रुपैयाँसम्म जरिवाना तिराएर थप एक पटक विवरण बुझाउने मौका दिइनेछ । त्यसपछि पनि विवरण नबुझाएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५७ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सामुदायिक विद्यालयका चारसय विद्यार्थीलाइ पोसाक वितरण

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका सामुदायिक विद्यालयका विद्यार्थीलाई पोसाक वितरण गरिएको छ ।

वैदेशिक अध्ययन गर्न जाँदा ६ महिनामा विद्यार्थीले लगे ५६ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा नेपाली विद्यार्थी अध्ययनका लागि विदेश जाँदा

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयकसम्बन्धी प्रतिवेदन राष्ट्रियसभामा पेस

  काठमाडौँ । राष्ट्रियसभाको आइतबारको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको

नेपालमा इन्जिनियरिङको इतिहास गर्विलो छः पूर्वराष्ट्रपति भण्डारी

  धरान  । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रविधिलाई आधार बनाउँदै अगाडि बढ्नु आजको आवश्यकता