अभिभावकसँग कुनै पनि शुल्क नलिन सामुदायिक विद्यालयलाई महानगरको अनुरोध



काठमाडौं । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयलाई अभिभावकबाट कुनै पनि शुल्क नलिन आग्रह गरेको छ ।

महानगरपालिकाको शिक्षा विभागका, शिक्षा अधिकारी रामप्रसाद सुवेदीले एक सूचना जारी गरेर शिक्षा नियमावली २०७९ (नवौँ संशोधन) को नियम १४६ (२) बमोजिम सामुदायिक विद्यालयको प्राथमिक र निम्नमाध्यमिक तहमा अध्ययन गर्ने कुनै पनि विद्यार्थीसँग तथा माध्यमिक तहमा अध्ययन गर्ने विद्यर्थीबाट नियम १५२ बमोजिमका नियम १४६ (१) मा उल्लेखित शुल्क लिन नपाउने भन्ने स्पष्ट व्यवस्था भएको जानकारी दिए

यसैगरी शिक्षा ऐन, २०२८ (संशोधन सहित)को दफा १६ (घ) को उपदफा (क) मा कुनै अभिभावकले आफ्नो इच्छाले सामुदायिक विद्यालयलाई दिएको दान, उपहार, चन्दा वा सहयोग लिन सकिनेछ भन्ने व्यवस्थाको गलत प्रयोग गर्दै कतिपय विद्यालयले अभिभावकबाट शुल्क असुलेको भन्दै विभागमा गुनासो आएको हुँदा कुनै पनि शुल्क नलिन महानगरले आग्रह गरेको छ । अभिभावकसँग सहयोगका नाममा निजको इच्छा विपरीत रकम लिएको पाइएमा कडा कारबाही गरिनेसमेत महानगरले चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण

  काठमाडौं । वरिपरि बोर्डिङ स्कूल नभएका होइनन् ।  देशकै पहिलो बोर्डिङ स्कूल

विश्वविद्यालय सुधारका लागि छाता ऐन ल्याउन सुझाव

काठमाडौँ । विश्वविद्यालय सुधारका लागि छाता ऐन ल्याउनुपर्नेमा जोड दिइएको छ । अनेरास्ववियुको

सरकारले पाँच वर्षभित्र सबै बालबालिकालाई कक्षा ८ सम्मको आधारभूत शिक्षा प्राप्तिको सुनिश्चितता गर्ने

काठमाडौं ।  सरकारले आगामी पाँच वर्षभित्र सबै बालबालिकालाई बालविकासदेखि कक्षा ८ सम्मको आधारभूत

शिक्षा मन्त्रालयको निर्देशनपछि दलीय राजनीति छाड्दै शिक्षक र कर्मचारी

प्रकाश सिलवाल, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीलाई