निर्देशिका पालना गर्दैनन् स्कुल बसका चालक, यान्त्रिक अवस्था पनि कमजोर



काठमाडौं । बालबालिका बोक्ने स्कुल बसहरू निर्देशिकाले तोकेको मापदण्डसमेत पूरा नगरी सञ्चालन नहुँदा दुर्घटनाको जोखिम बढिरहेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालकाय अनुसार उपत्यकामा सञ्चालित स्कुल बसहरु मापदण्ड विपरीत चाहिँ चल्ने गरेको पाइएकाले यस्ता गाडीहरूबाट बालबालिका जोखिममा पर्ने हुँदा जाँच अभियानलाई तीव्रता दिएको जनाएको छ ।

सोही अभियानअन्तर्गत ट्राफिक प्रहरीले आज गरेको विशेष जाँच अभियानका क्रममा यसरी मापदण्ड पूरा नगरी सञ्चालन भएका १४ वटा स्कुल बसका चालकलाई कारबाही गरेको छ ।

उपत्यकाका विभिन्न स्थानमा भएको जाँचका क्रममा स्कुल बस निर्देशिका, २०७४ बमोजिमका मापदण्ड पूरा नगर्ने र ट्राफिक नियम उल्लङ्घन गर्ने उनीहरु कारबाहीमा परेका कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

उनका अनुसार यसरी आज भएको जाँच अभियानमा स्कुल बसहित दुई सय ८२ वटा सवारी साधनका चालकहरू कारबाहीमा परेका छन् ।

उपत्यकाको ट्राफिक आवागमनलाई सहजीकरण गर्न, सवारी दुर्घटना न्यूनीकरण गर्न र ट्राफिक नियम पालना गराउने उद्देश्यका साथ ट्राफिक प्रहरीले नियमित जाँच अभियान चलाएको भट्टले जानकारी दिए ।

यस्तै, यान्त्रिक अवस्था ठीक नभएका गाडीहरू पनि उपत्यकामा निर्बाध रूपमा चलिरहेको छ । त्यसरी सञ्चालन भएका सवारी साधनका ४७ जना चालकलाई कारबाही गरिएको पनि उनले जानकारी दिए ।

त्यस्ता सवारीमा ह्यान्डब्रेक ठीक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएकालगायत अवस्था ठीक नभएका पाइएका छन् ।

उनीहरूलाई सवारी साधन मर्मतपश्चात् तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीद्वारा नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने जनाइएको छ ।

अवस्था ठीक नभएका सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम हुने हुनाले सवारी साधनको अवस्था चेकजाँच गरी दुरुस्त अवस्थामा रहेका सवारी साधन मात्र चलाउन सम्पूर्ण चालकलाई प्रहरीले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नाम्सले आगामी वर्षदेखि एमबिबिएस पढाउने

  काठमाडौँ ।  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले आगामी आर्थिक वर्षदेखि एमबिबिएस पढाउने

स्थानीय पाठ्यक्रम आवश्यक छ ?

डा दीपेन्द्र रोकाया । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा गएसँगै ७५३ स्थानीय तह

नवनियुक्त उपकुलपतिहरूलाई प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  योग्यताक्रमका  आधारमा विश्वविद्यालयका उपकुलपति नियुक्ति गरिएको

अत्यधिक गर्मी बढेपछि बुटवल उपमहानगरद्वारा दुई दिन विद्यालय बन्द गर्ने निर्णय

बुटवल । गर्मी बढेपछि रुपन्देहीको बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका सबै विद्यालय २ दिन