प्रहरीको स्वास्थ्य शैक्षिक कार्यक्रमले दक्ष जनशक्ति उत्पादन गर्ने



काठमाडौं । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रमले प्रहरीले सञ्चालन गरिरहेका स्वास्थ्य शिक्षा कार्यक्रममा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेका छन् ।

बिहीबार नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रम तथा ज्येष्ठ प्रहरी अतिथिगृह भवनको उद्घाटन कार्यक्रममा उनले सर्वसाधारण र नेपाल प्रहरीका बहालवाला तथा अवकासप्राप्त प्रहरी कर्मचारीका सन्ततिहरूको वृत्ति विकास गरी विकसित र समृद्ध राष्ट्र निर्माणमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रम सार्थक हुने विश्वास व्यक्त गरे ।

महानिरीक्षक सिंहले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट प्रमाणपत्र तह नर्सिङ कार्यक्रम सञ्चालन गर्न सम्बन्धन प्राप्त यस शैक्षिक संस्थालाई समयसापेक्ष स्तरोन्नति गराउँदै चिकित्सा शास्त्र अध्ययन/अध्यापन गराउने देशकै नमूना शिक्षण संस्थाका रूपमा विकास गर्दै लैजानुपर्ने आवश्यकता औँल्याए ।

चिकित्सा शिक्षा क्षेत्रमा विकास भएका नवीनतम प्रविधिहरूको अवलम्बन गर्दै शिक्षण प्रणालीलाई प्रविधिमैत्री, समयसापेक्ष र प्रयोगात्मक बनाउँदै लैजानुपर्नेमा जोड दिँदै उनले आगामी शैक्षिक सत्रदेखि अमर र अशक्त प्रहरीका सन्ततिमध्ये जेहेन्दार एक जनालाई पूर्ण छात्रवृत्ति, जुनियर प्रहरी अधिकृत, प्रहरी हवल्दारदेखि प्रहरी जवानसम्म र प्रहरी कार्यालय सहयोगीका सन्ततिहरू एक/एक जनालाई ५० प्रतिशत छात्रवृत्ति सुनिश्चित गरिने योजना रहेको जानकारी दिए ।

उक्त अवसरमा उनले नवनिर्मित भवनको निरीक्षण तथा भवन परिसरमा वृक्षरोपणसमेत गरे । प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेज कार्यक्रममा आबद्ध रही व्यवस्थापन कार्यमा सहयोग पुर्याउने प्राविधिक प्रहरी उपरीक्षक रामेश्वर अधिकारी, प्राविधिक प्रहरी नायब उपरीक्षक निर्मला रायमाझी र प्रहरी नायब निरीक्षक पुलवराज गिरीलाई पुरस्कार प्रदान गरे ।

साथै उनले पुस महिनाको उत्कृष्ट प्राविधिक प्रहरी नायब उपरीक्षक डा अविनाशध्वज जोशी र प्रहरी सहायक निरीक्षक हरिहर थापासमेतलाई पुरस्कार प्रदान गरे । नेपाल प्रहरी कल्याण कोषको आन्तरिक स्रोतबाट निर्मित ज्येष्ठ अतिथिगृह भवन कुल दुई करोड ८३ लाख ९२ हजार लागतमा निर्माण सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शैक्षिक कन्सल्टेन्सीलाई कानुन विपरीतको कार्य नगर्न मन्त्रालयको चेतावनी

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श सेवा प्रदायक संस्था (कन्सल्टेन्सी)

सामुदायिक विद्यालयका चारसय विद्यार्थीलाइ पोसाक वितरण

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका सामुदायिक विद्यालयका विद्यार्थीलाई पोसाक वितरण गरिएको छ ।

वैदेशिक अध्ययन गर्न जाँदा ६ महिनामा विद्यार्थीले लगे ५६ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा नेपाली विद्यार्थी अध्ययनका लागि विदेश जाँदा

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयकसम्बन्धी प्रतिवेदन राष्ट्रियसभामा पेस

  काठमाडौँ । राष्ट्रियसभाको आइतबारको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको