स्ववियु निर्वाचनको मिति घोषणा गर्न अनेरास्ववियुको माग



काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति घोषणा गर्न माग गरेको छ ।

अनेरास्ववियुले शान्तिपूर्ण र मर्यादित वातावरणमा समयमै निर्वाचन गराउन माग गर्दै उपकुलपति प्राडा धर्मकान्त बास्कोटालाई ज्ञापनपत्र बुझाएको हो ।

अनेरास्ववियुका अध्यक्ष सुनिता बरालको टोलीले त्रिभुवन विश्वविद्यालयका पुगेर मंगलबार बुझाएको ज्ञापनपत्र लिदै उपकुलपति प्राडा बास्कोटाले स्ववियु निर्वाचन गराउने कार्यतालिका छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता जनाए ।

उनले निर्वाचनका लागि तयार रहन समेत आग्रह गर्दै विद्यार्थी संगठनसँगको छलफलपछि मिति तय गर्ने जानकारी गराए । अध्यक्ष बरालले विश्वविद्यालय स्ववियुविहीन हुँदा विद्यार्थीका नाममा अराजकता चुलिदै गएकाले निर्वाचन छिट्टै गर्नुपर्नेमा जोड दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पोखरामा कांग्रेसको अभिमुखीकरण कार्यक्रम सुरु

पोखरा । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा पोखरामा पार्टीको

दुष्कर्मको अन्धकार हटोस् : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश र ज्ञानकी प्रतीक सरस्वतीप्रति हार्दिक नमन व्यक्त

जनताको खुसीलाई ध्यान दिएर काम गर्नुपर्छः सांसद थनैत

काठमाडौँ । हामी राजनीतिकर्मीका लागि मुलुक र जनता नै सबैभन्दा ठूला हुन् ।